२ वडा गन्न बाँकी, बामदेव ११ सय मतले पछाडि

बर्दिया,, २४ मंसिर । 
बर्दिया क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष बामदेव गौतमले मतान्तर घटाउदै गर्दा गन्न बाँकी मत घट्दै  गएको छ । 
पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेवार सञ्जय गौतमसँगको उनको मतान्तर ११ सय छ । पछिल्लो परिणाम अनुसार सञ्जयले ४२ हजार ८ सय १५ मत ल्याएका छन् भने वामदेवले ४१ हजार १ सय ६५ मत पाएका छन् । 
यो क्षेत्रको बारबर्दिया नगरपालिकाका २ वटा वडाको मत गणना गर्न बाँकी छ ।  दुई वडाका करिब ४ हजार मत गन्न बाँकी छ ।    जित्नका लगि यही उनले ४ हजार मतबाट करिब २९ सय मत ल्याउनुपर्ने छ । दुवै वडामा माओवादी र एमालेको प्रभाव छ । 

Related News