​वामदेव बाँकेबाट चुनाव लड्ने

दृष्टि न्यूज

काठमाडौं, २९ भदौ । 
डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । 
बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका थिए । उनलाई राजिनामा दिन लगाई उपनिर्वाचनमार्फत गौतम त्यहाँबाट चुनाव लडेर सांसद बन्न लागेको नेकपा उच्च स्रोतले दृष्टिलाई जानकारी दिएको छ । 
तर, सांसद रोकायले राजिनामा दिन नमानेको स्रोत बताउँछ । रोकाय ३१ हजार ५ सय ९३ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बादशाह कुर्मीले २६ हजार ६ स १७ मत ल्याएका थिए । 
 पर्यटनमन्त्री रहेकासांसद धनबहादृुर बुढालाई राजिनामा दिन लगाएर डोल्पामा चुनाव उठ्ने वामदेवको योजना थियो । बुढा राजिनामा दिन तयार भए तर जनताले राजिनामा दिए वामदेवलाई भोट नदिने बताएपछि वामदेव पछि हटेका हुन् । 
त्यसपछि उनी बाँके–३ बाट चुनाव लड्न लागेका हुन् । तर, हल्ला सुरु भएपछि बाँकेमा पनि असन्तुष्टि सुरु भइसकेको छ । 
ग्त वर्षको प्रतिनिधिसभाको निर्वाचनमा उनी बर्दियाबाट चुनाव हारेका थिए । अन्र्तघातका कारण हारेको बताईपनि छानबिनको क्रममा आफ्नै कारण हारेको प्रतिवेदन बनेको थियो । 

Related News