​वामदेव पनि फेरिए, भन्छन्,–सरकार परिवर्तन गर्नु हुँदैन


पोखरा, २६ जेठ । 
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका वामदेव गौतमको पनि कुरा फेरिएको छ । तत्काल वर्तमान सरकार परिवर्तन नहुने उनले बताएका छन् । 
 
प्रेस चौतारी नेपाल कास्कीले बुधबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गरे ।   राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको भन्दै सकेसम्म वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको बनाउने प्रयासमा रहेको  उनको भनाई छ । 
दुई साताअघि सरकार परिवर्तनका लागि भने माओवादी तथा माआवादीकै नेताहरुले बोलेका थिए । तर फेरी उनीहरु राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति नभएसम्म वर्तमान सरकार नै कायम रहेने बताउन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मंगलबार तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । स्थायी समितिको बैठक पनि एमाले नेताहरुले पनि सरकार परिवर्तन गर्न नहुने बताउन थालेका छन् । बजेटपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनेर भद्र सहमति भएको भन्दै दुई पार्टीभित्र खटपट भएको थियो । तर फेरी दुई पार्टीबीचको कुरा मिलेपछि सरकारको आयु लम्बिएको छ । 

 

Related News