​बन्द नेपालमा प्रणवको स्वागत

शम्भु श्रेष्ठ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै भयो भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण । सायदै विश्वका कुनै देशले भारतीय राष्ट्रपतिको भ्रमणमा बिदा दिने र अघोषित कफ्र्यू लगाउने परम्परा थालेको होलान् । त्यो देश पनि नेपाल नै बनेको छ । तीन दिनसम्म काठमाडौंका जनतालाई अस्तव्यस्त बनाएर गरिएको मुखर्जीको भ्रमणलाई नेपाल सरकारले अति सफल भने पनि नेपाली जनताले त्यो सफतलाको अनुभूति गर्न पाएनन् । भाषणमा दुई देशका नेताले अति घनिष्ठ सम्बन्ध भएको र धार्मिक, सांस्कृतिक रुपमा नेपाल भारत सम्बन्ध गा“सिएको कुरा गरे पनि व्यवहारले त्यसको पुष्टि गर्न सकेको छैन । त्यसैकारण नेपाली जनता, त्यसमाथि पनि युवापुस्ताको मनोविज्ञान भारतविरोधी बन्दै गएको छ । राजनीतिक तहमा जति सम्बन्ध सुदृढ भए पनि व्यवहारमा त्यो नसच्चिदासम्म जनस्तरमा त्यही मनोविज्ञानले काम गर्नेछ । यही कुरा बुझेर होला सरकारले भारतीय राष्ट्रपतिको स्वागत ‘बन्द नेपाल’भित्र गर्न बाध्य भएको हो । नभए, भारतीय राष्ट्रपतिलाई को बाट खतरा थियो ? यदि त्यस्तो परिस्थिति नेपालमा भैदिएको भए भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने नै थिएनन् । नेपाली जनता कति उदार छन् भन्ने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले पनि देखाइसकेको छ । खुला सडकमा नेपाली युवाले मोदीस“ग हात यही काठमाडौंकै सडकमा मिलाएका थिए । मोदीले पनि नेपाली जनताको आत्मीयताबाट प्रभावित भएर नया“ बानेश्वर, चावहिल र कालिमाटीमा गाडीबाट ओर्लिएर सडकमा नेपाली जनतास“ग अंकमाल गरेकै हुन् ।
त्यो अंकमाल नेपालीको भित्री हृदयले गरेको थियो । तर, कुरा नेपालमा संविधान बनेपछि बिग्रियो । संविधान निर्माणस“गस“गै नेपाली जनताको खुशीयालीमा भारतले तातोपानी खन्यायो । अनाहकमा नेपाली जनताले पा“च पा“च महिना दुःख कष्ट झेल्नु प¥यो । रोटीबेटीको सम्बन्ध भएको देशका जनताले यो व्यवहार भोग्न परेपछि नेपाली जनमत पूरै भारतविरोधी बन्नु स्वभाविक थियो । त्यसलाई सच्याउन नेपाली पक्षले अनेकौं प्रयास गरे पनि संविधानप्रति भारतीयहरूको असन्तुष्टि अहिले पनि जारी छ भन्ने कुरा भारतका राष्ट्रपति मुखर्जीको मुखबाट सुन्नमा आयो । यसबाट नेपालका नेताहरूले के सिक्नु पर्छ भने, नेपाल मामिलामा भारतीय नेताहरू एक छन्, चाहे त्यो कंग्रेस होस् वा विजेपी । तर, संविधान निर्माण गर्न एकजुट भएका हामी नेपाली भने एक–आपसमा आरोप–प्रत्यारोप गरिरहेका छौ“ । हाम्रो यही कमजोरीमा भारतीयहरूले खेलिरहेको छ । कतिवटा प्रदेश बनाउने ? कुन–कुन जिल्लालाई कुन कुन प्रदेशमा राख्ने ? नागरिकतामा कस्तो व्यवस्था गर्ने मुलतः हाम्रो अधिकारको कुरा हो । तर, हामी एक आपसमा भिड्दा ‘भाइ फुटे गवा“र लुटे’ भनेझै स्थिति उत्पन्न भएको छ । हामीले भारतको भ्रमण गर्दा पनि उपदेश सुन्नुपर्ने, कोही विशिष्ट पाहुना नेपाल आए पनि त्यही उपदेश मान्नुपर्ने बाध्यतामा हामी रुमल्लिरहेका छौं ।
नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो । यो कुरालाई हाम्रा छिमेकीले भित्री मनदेखि स्वीकार नगरेकै कारण बेलाबखत दुई देशबीच समस्या उत्पन्न हुने गरेको यथार्थ हो । यो अवस्थाबाट नेपाल–भारत सम्बन्धलाई बलियो बनाउने हो भने दुई देशबीच भएका समस्याको दीर्घकालीन समाधान खोजिनु पर्छ । सत्ताका लागि दलाली गर्ने संस्कारले हामीलाई थप कमजोर बनाउ“दै लैजान्छ । यो कुरामा सबैभन्दा गम्भीर हामी नेपाली नै हुनुपर्छ । दलाली मानसिकता बोकेको सरकार सधै“ जनतास“ग डराउ“छन् भन्ने कुराको उदाहरण पनि मुखर्जीको बन्द नेपालभित्रको स्वागत हो । यस्तो कमजोर मानसिकताले न त देशको सार्वभौमिकता र स्वतन्त्रता बलियो हुन सक्छ, न त समृद्ध नै । देशलाई स्वतन्त्र र सार्वभौम बनाउने हो भने हामी समृद्ध बन्नैपर्छ । त्यसका लागि नेताहरु दलाली मानसिकताबाट माथि उठ्नै पर्छ । अन्यथा त्यस्ता नेतालाई स्वाभिमानी नेपाली जनताले धुलो चटाउने दिन आउने छ । इतिहास साक्षी छ, नेपाली जनता कुनै मोर्चामा हारेका छैनन्, नेताहरुलाई हेक्का रहोस् ।

Related News