नेपाल बंगलादेश बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

दृष्टि न्यूज

काठमाडौं । नेपाल बंगलादेश बैंक र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीचमा बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ तथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका थिए । 
सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले बैंकका ७१ वटै शाखाहरूबाट छिटो, छरितो तथा सहज रूपमा जीवन बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । 

Related News