आगलागी हुँदा २३ को मृत्यु, ७० घाइते

काठमाडौं, २६ भदौ । बंगलादेशमा प्याकेजिङ कारखानामा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी ढाकाको उत्तरी टोङगीस्थित औद्योगिक प्रतिष्ठानमा भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । ७० जना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार उक्त समय मेसिन अपरेटर र सुरक्षा गार्ड गरी १०० जना कामदार थिए ।

Related News