​सुरक्षाकर्मीद्वारा बालकमाथि गोली प्रहार

दृष्टि न्यूज

बंगलादेश, (एएफपी) । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् । सुरक्षाकर्मीको गोली लागि दश बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जनाएका छन् । 
बंगलादेशसँगको म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि उनीहरूले गोली प्रहार गरेको बताइएको छ । करिब सात लाख भन्दा बढी रोहिङ्ग्या मुस्लीम समुदायका नागरिक गत बर्ष म्यानमारबाट लखेटिएका थिए । उनीहरूलाई म्यानमारका सुरक्षाकर्मीले नै जवरजस्त लखेटेका थिए । 
लखेटिएका मध्ये अधिकांश बङ्लादेशमा शरणार्थी जीवन बिताइरहेका छन् भने उनीहरूलाई विभिन्न अन्तर्रा्ष्ट्रिय सहयोग निकायहरूले सहायता प्रदान गरेका छन् । 
‘निषेधित क्षेत्रमा केही बालबालिकाहरू खेलिरहेका बेला म्यानमार सिमा सुरक्षा प्रहरीको कार्यालय तर्फबाट अन्सार माथि गोली प्रहार भयो,’ स्थानीय सामुदायिक नेता दिल मोहम्मदले भनेका छन् । बालकमाथि अनाहकमा प्रहरीले गोली प्रहार गरेको भन्दै अधिकारवादी संघसंस्थालगायत विभिन्न क्षेत्रबाट विरोध भएको छ । 

Related News