बैंकर्स संघद्वारा ११ प्रतिशतमा ब्याज कायम गर्ने सहमति

दृष्टि न्यूज

दृष्टि न्यूज
काठमाडौं १० बैशाख ।
बैंकर्स संघमा आबद्ध २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी तथा प्रतिनिधिहरुले ११ प्रतिशत ब्याजदर कायम गर्ने सहमति गरेका छन् । लिखित नभएको उक्त सहमति मौखिक रुपमा पालना गरेर अघि बढ्ने जनरल अण्डरस्ट्याण्डिङ भएको एक सदस्यले बताए । 
यसअघि गरिएको ११ प्रतिशतमा ब्याजदर कायम गर्ने निर्णय अर्को एक महिनालाई निरन्तरता दिने सहमति बैंकर्स एशोसिएशनले गरेको छ । जसबाट अनावश्यक ब्याजदर बृद्धि रोकिने विश्वास लिइएको छ । बैठकमा अधिकांश ब्याङ्करले तरलता समस्या अझै हल भइनसकेको बताउँदै ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताएका थिए । बैंकर्स संघमाथि ब्याजदरको सिण्डिकेट लगाएको भन्दै निजि क्षेत्रले भने विरोध गर्दै आएको छ । साथै केन्द्रीय बैंकले समेत ब्याजदर स्वतन्त्र छोड्नुपर्नेमा जोड दिँदै आएको छ । 

Related News