​समयमै उपचार गर्दा वाथरोगीको आयु बढ्छ”

विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली

दृष्टि न्यूज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली कार्यक्रम गरेर मनाएको छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापीरुपमा मनाइन्छ । यस वर्ष सो दिवस असोज २६ गते शुक्रबारका दिन पर्नगएको हुँदा नर्भिकको बाथरोग विभागले शनिबार एक विशेष मोटरसाइकल ¥याली  कार्यक्रम आयोजना गरी जनचेतना अभिबृद्धि गर्ने कार्य गरेको हो । 
बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । आज आयोजना गरिएको उक्त कार्यक्रम नर्भिक प्राङ्गगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो वानेश्वर, ववरमहल हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न रहेकोे थियो । 
नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ । 
धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । 
¥यालीको समापन पश्चात् आजै बिहान एक छोटो प्रवचन कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै यसखाले कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए । 
बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।
यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क राखिएको छ । यसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्दछ । 





अनुसन्धानहरूले के प्रमाणित गरेका छन् भने थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थीपञ्जर सम्बन्धी रोगमा राहत पु¥याउने मात्रै नभएर बिरामीहरूलाई आफ्नो क्रियाकलापमा सक्रिय रहन मद्दत पु¥याउने, स्वतन्त्ररुपमा सामाजिक कार्यमा सरिक गराउन मद्दत गर्ने र हड्डीको घनत्व घटी हुने बाथरोग जस्ता हड्डी एवम् जोर्नीका रोगबाट बच्न समेत सहयोग पु¥याउने गर्दछन् । 
विश्व बाथरोग दिवस मनाउनुको उद्देश्य चाहिँ बाथरोगीहरू र सर्वसाधारणमा मात्रै नभएर चिकित्सकीय समुदायमा समेत बाथरोग र यसका जटिलताबारे आवश्यक जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु मुख्य रहेको छ । त्यसरी नै बाथरोगको चुनौति÷बोझबारे राष्ट्रका नीति–निर्माताहरूलाई घच्घच्याउने, बाथरोग उपचारका लागि बाथरोगीहरू र तिनका आफन्तहरूलाई उपचारका नवीनतम् प्रविधिबारे जानकारी गराउनु समेत रहेको छ । 
बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ । केही अवस्थाहरूमा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन् । बाथरोगले शरीरका भित्री अङ्ग प्रत्यङ्गहरूलाई समेत असर पार्ने गर्दछ । बाथरोग भन्ने शब्दले सामान्यतया सबैखाले मांशपेशी तथा अस्थीपञ्जर दुख्ने समस्यालाई समेत जनाउने गर्दछ । 
हड्डी नै कुँजो हुने बाथ,हड्डीको घनत्व घटी भएर हुने बाथ,मेरुदण्ड कुप्रो हुने बाथलगायतका सबैखाले बाथरोग वा मांशपेशी–अस्थीपञ्जर सम्बन्धी रोगले पुरुष, महिला, बाल–बालिका र बृद्ध–बृद्धा सबै उमेर समूहका रोगीहरूलाई आक्रान्त पार्ने गरे तापनि महिलाहरूमा सो समस्या अत्यन्तै बढी मात्रामा पाइने गरेको छ । नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसंख्या यस रोगबाट पीडित भएको अनुगमन डा. अरुणकुमार गुप्ताले गरेका छन् ।

Related News