​इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

दृष्टि न्यूज

काठमाडौं । रसियामा जारी २१औँ विश्वकपमा बेल्जियम तेसो भएका छन् । शनिबार भएको प्लेअफ खेलमा पनि इंग्ल्याण्डलाई २–० ले पराजित गर्दै बेल्जियम तेस्रो बनेको हो । 
सेमिफाइनलमा क्रोएशियासँग पराजित भएको इंग्ल्याण्ड प्लेअफ खेलमा बेल्जियमसँग २–० ले पराजित भएको छ । रुसको सेन्ट पिटर्सवर्ग रंशालामा सम्पन्न खेलमा बेल्जियमका थोमस म्युनियरले चौथो मिनेटमै गोल गरेका थिए । यस्तै इंग्ल्याण्डले खेलमा फर्किने प्रयास गर्दैगर्दा ८२औँ मिनेटमा बेल्जियमले फेरि अर्को थप्यो ।
८२औं मिनेटमा बेल्जियमका इडेनले गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि इंग्ल्याण्ड पराजित हुँदै आफूलाई चौथो स्थानमा चित्त बुझाउन परेको छ । विश्वकपको फाइनल खेल आइतबार फ्रान्स र क्रोएशियाबीच हुँदैछ ।

Related News