मतदातालाई बुथमा जान रोक्दा तनाव

भक्तपुर, २१ मंसिर । भक्तपुरको बालकोट ३ बुथ केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले मतदातालाई मतदानस्थलमा बाटाबाटामा बसेर तर्साउने र धम्काउने गर्दै रोकेपछि केहीबेर तनाव भएको थियो । मतदातालाई बुथमा जान नदिएपछि भएको तनावमा एमालेका युवासंघका रोशन बस्नेत लगायतमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । मतदाता रोक्नेहरुलाई प्रहरीको प्रयासमा हटाई अहिले शान्तिपूर्ण मतदान भइरहेको छ । एमालेले कांग्रेसले मतदातालाईबाटाबाटामा धम्की दिएर रोकी बुथ कब्जा गर्न खोजेको आरोप लगाएको छ । मतदातालाई रोक्न खोज्नेहरुसँग विवाद हुँदा सख्त घाइते भएका युवासंघ कार्यकर्ता बस्नेतलाई उपचारार्थ अस्पताल लगिएको छ । 

Related News