​मान्छेले खोलो मिचे, खोलोले मान्छे

दृष्टि न्यूज

काठमाडौं २९ , असार ।

भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धन–जनको क्षति पुर्याएको छ । एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वस्तीहरु जलमग्न हुँदा खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग भएको छ ।

 यो २५ वर्षयताकै ठूलो बाढी हो । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको मध्यपुर ठिमी नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई कोट गर्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

पछिल्लो समय राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास भएको छ । यही कारण हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा विनाश भएको छ । खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि भक्तपुरको हनुमन्ते खोलामा भएको जानकारहरु बताउँछन् ।

Related News