​भक्तपुरमा कौडा खेलिरहेका ३३ जना पक्राउ

दृष्टि न्यूज

भक्तपुर, २४ कात्तिक । 
तिहारको बेलामा जुवा खेलिरहेका ३३ जनालाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको छ । 
सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित  तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 
पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । 

Related News