​विचरा कांग्रेस

शम्भु श्रेष्ठ

पहिला पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गर्नुप¥यो भने– ‘बिरालोलाई रिस उठ्यो भने खाबो चिर्थोछ’ भन्थे । अहिले यो व्यंग्य कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहारसँग मिल्दोजुल्दो छ । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताले सिंगो जीवन अर्पण गरेर बनाएको नेपाली कांग्रेस आज विचारले होइन, रिसले चल्न थालेको छ । एउटा ऐतिहासिक राजनीतिक पार्टी जब नीति सिद्धान्तविहीन बन्दै जान्छ, तब त्यहाँ राजनीतिक मूल्य, मान्यता समाप्त हुँदै जान्छ । देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस अहिले यही बाटोबाट गुज्रदै छ र, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, गगन थापाहरु कांग्रेसलाई विपीकै बाटोबाट फर्काउन प्रयासरत छन् । मदन भण्डारीले भने जस्तो ‘एउटै माघले जाडो जान्न ।’ अहिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले रचनात्मक भूमिका निर्वाह गर्दै गयो भने त्यसले लोकतन्त्र सुदृढ हुने मात्र होइन, स्वयं कांग्रेस पनि सुधारको बाटोमा अगाडि बढ्छ । तर, के कांग्रेस रचनात्मक भूमिकाबाट अगाडि बढ्न तयार छ त ? यदि छ भने त्यो कुरा उसले व्यवहारबाट देखाउनु पर्छ । जसलाई सत्ता पक्षले पनि अनुभूत गरोस् । सत्ता पक्ष र विपक्षबीच विश्वासको वातावरण बन्यो भने त्यसले लोकतन्त्रको मूल्य, मान्यतालाई उँचो बनाइराख्छ र उच्च संस्कारको राजनीतिक विकासलाई स्थापित गर्छ । लोकतन्त्र आफैँमा सुन्दर वस्तु होइन । लोकतन्त्रलाई सुन्दर बनाउन हाम्रो विचार, संस्कार र आचरण शुद्ध हुनुपर्छ । नेपाली कांग्रेसका सर्वोच्च कमाण्डर गणेशमान सिंहले कम्युनिष्टहरुसँग मिलेर संयुक्त जनआन्दोलन नगरेको भए पञ्चायत ढल्ने थिएन । त्यो बेला सिंहले एउटा सही निर्णय ग¥यो । जसले नेपालमा लोकतन्त्र स्थापित ग¥यो । त्यस्तै ०६२÷०६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइरालाले एउटा आँट गरे, जसले गणतन्त्र स्थापित भयो । अर्थात्, नेपालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको यति ठूलो योगदान हुँदाहुँदै पनि कांग्रेस आज किन निरीह छ त ? किनभन्दा त्यसको नेतृत्वमा दूरदर्शी छैन । यदि दूरदर्शी र सिद्धान्तनिष्ठ भइदिएको भए स्थानीय निकायको निर्वाचनमा माओवादीसँग सहकार्य गर्ने थिएन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने थिएन । एउटा आईजी नियुक्तिलाई ‘प्रेस्टिज’ इश्यू बनाउने थिएन । आदि÷इत्यादि । विगतमा कांग्रेसले गरेका यिनै गल्तीको शिकार आफैँ बन्नु प¥यो । यसबाट शिक्षा नलिने हो र यस्तै गल्ती आगामी दिनमा पनि दोहो¥याइरहने हो भने कांग्रेस तंग्रिन सक्दैन । कांग्रेसको ठाउँ अरु कुनै दलले लिन सक्छ भन्ने कुरा स्थानीय निकायको निर्वाचनमा विवेकशील पार्टीले ल्याएको मतबाट पनि आँकलन गर्न सकिन्छ ।
त्यसैले मैले भन्न खोजेको कुरा के हो भने एजेन्डाविहीन भएको कांग्रेसले राष्ट्रिय राजनीतिको सवालमा आफ्ना एजेन्डालाई  जिम्मेवारपूर्वक स्थापित गर्नु पर्छ । गंगामायाको माग केही हदसम्म पूरा भएको छ । गंगामायाको छोराको हत्या अभियोग लागेका अभियुक्तले आत्मसमर्पण गरेका छन् । यो घटनालाई  कांग्रेसले ठूलो छाती बनाएर स्वागत गर्नु पर्छ । अर्को कुरा डा. गोविन्द केसी  जुम्लामा अनसनरत छन् । उनले उठाएका जायज माग पूरा गर्न कांग्रेसले प्रतिपक्षको रुपमा भूमिका खेल्नु पर्छ ।  केसी कहिले मर्ला र लाशको  राजनीति गरौंला भनेर कांग्रेसले कुर्नु हुँदैन । डा. केसी एक जना सचेत नागरिक हुन् । विगतमा पनि उनले धेरै विकृति र विसंगतिविरुद्ध संघर्ष गरेका छन् । उनलाई  मर्न दिनु हुँदैन । यसमा कांग्रेसको रचनात्मक भूमिका हुनुपर्छ । जनतालाई देखाउन सडकमा भीड जम्मा गर्ने, सदनमा चर्को स्वरले कराउँदैमा विपक्षीको भूमिका पूरा भयो भन्न मिल्दैन । सरकारसँग वार्ता गरेर समस्या समाधानको बाटो निकाल्नु पर्छ । कांग्रेस रचनात्मक भूमिकाबाट आवेशात्मक भूमिकामा रमाइरहेको छ । यसले कांग्रेसकै भविष्यमाथि बन्चरो प्रहार गर्छ । त्यसैले सबैभन्दा ठूलो कुरो कांग्रेसको नेतृत्व स्वच्छ हुनुप¥यो । राजनीतिलाई कमाइको भाँडो बनाउने देउवा पति–पत्नी चरित्रले न त लोकतन्त्र सुदृढ हुनसक्छ न त कांग्रेस नै ।

Related News