​विद्युत सर्ट भई फेन्सी पसलमा आगलागी, ६५ लाख बराबरको क्षति

सर्लाही, पुस १८ । सर्लाहीको हरिवन बजारमा रहेको दास इम्पोरियममा आज बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीमा परी पसलभित्र रहेका करिव ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिए । 
सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वासिन्दाले आगलागी नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलहरुमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।

Related News