​नेपालमा पहिलोपटक ‘बिजुली बस’, प्रधानमन्त्रीले गरे उद्घाटन

दृष्टि न्यूज

काठमाडौं, ६ कात्तिक ।
नेपालमा पहिलोपटक बिद्युतीय बस सुरु भएको छ । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले काठमाडौंमा मंगलबारदेखि ब्याट्रीबाट चल्ने बिद्युतीय बसको सुरुवात गरेको हो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्युतीय बसको मंगलबार बिहान साझा यातायात परिसरमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले बिद्युतीय सवारी साधनमा प्रोत्साहनको नीति लिएको बताए । 
बिद्युतीय बस प्रदुषणरहित हुने र इन्धनको आयात पनि कम गर्ने भएकाले वातावरणीय र आर्थिक दुवै दृष्टिकोणले फाइदाजनक छ । 
साझाले सुरुमा ५ वटा बिद्युतीय बस सञ्चालन गर्न लागेको हो । सो गाडीको भाडा अन्य सवारी साधन बराबर नै हुने साझाले जनाएको छ । यसलाई बिजुली बसको नाम दिइएको छ । 
विश्वका धेरै देशले इन्धनबाट चल्ने सवारीलाई बिस्थापित गरी बिद्युतीय सवारीतर्फ अघि बढेका छन् । नेपालमा पनि पहल सुरु भएपनि यसले व्यापकता पाउन सकेको छैन । 
यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ। बस खरिदका लागि एसियाली विकास बैंक ९एडिबी०ले सहयोग गरेको हो।

चालकसहित २० सिट क्षमताका ती बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।
पहिलोपटक बिद्युतीय बस सुरु हुनुलाई धेरै सकारात्मक पहलका रुपमा लिएका छन् । 

  

Related News