काठमाडौंमा मोटरसाइकल चोरहरु रंगेहात पक्राउ

काठमाडौं, ८ मंसिर । 
  चाबहिलस्थित गोपीकृष्ण पुल नजिकमा चोरी गरी लैजाँदै गरेको स्कुटरसहित २ जनालाई बिहीबार प्रहरीले रंगेहात  पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ओखलढुङ्गाको धार्मा–१ का १७ वर्षीय निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का १७ वर्षीय सुजन भुजेल रहेका छन् । शंकास्पद रुपमा बा.४२ प ९३६५ नम्बरको स्कुटर डो¥याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले फेला पारी सोधपुछ गर्दा स्कुटर छोडी भागेपछि लखेट्दै गएर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त स्कुटर बौद्ध भाटभटेनीमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको  प्रहरीले जनाएको छ । 

Related News