​पाराडाइम सिफ्टको संघारमा चलचित्र

डा. प्रदीप भट्टराई । नेपाल सबै खाले संक्रमणमा छ । हरेक तह र तप्कामा दुईवटा वर्ग प्रष्टस“ग देखिएको छ, एउटा शासक, अर्काे शासित । यी दुईबीचको द्वन्द चरमसीमामा पुगेको छ । तर, दुर्भाग्य शासित वर्ग द्वन्दमा छैन यहा“ आत्मसमर्पण गरिरहेको छ। यो आत्मसमपर्णमा उ कि त मुलुक छोडेर विदेशिदै छ कि मुलुकमै रहेर पनि दोस्रो दर्जाको नागरिक भएर बा“च्न विवश छ । अनि, हरेक क्षेत्रका शासक वर्ग भने साम, दाम, दण्ड, भेद लगाएर मुलुक दोहनमा लागेका छन् र आफूलाई अरू शक्तिशाली बनिरहेका छन् । 
हुन त संसारमा कुनै पनि मान्छे अपरिहार्य हुदैन । औचित्य र सन्दर्भका आधारमा आवश्यक मात्र हुने हो । यदाकदा धेरै क्रियाशील हु“दा वा चल्दा  कसैलाई आफू अपरिहार्य हुदै गएको लाग्न सक्छ । तर, यथार्थमा त्यस्तो हुदैन, त्यो भ्रम मात्र हो ।
कुनै एक क्षेत्रमा हैन, हरेक क्षेत्रमा यो लागू हुन्छ । चलचित्र क्षेत्र पनि योभन्दा पृथक हुदैन । अझ चलचित्र त  पुरानो स्वाद र अनुहारमा धेरै टिक्ने क्षेत्र नै हैन, यसमा छिटोछिटो नया“ स्वाद र अनुहार आवश्यक भैरहन्छ । त्यसैले चलचित्र क्षेत्रमा एउटा भनाइ नै छ, जो बिक्छ उ मात्र टिक्छ । तर, लामो समयसम्म टिक्न र बिक्न सजिलो हुदैन । सन्दर्भअनुसार आफ्नो भूमिकाहरू परिवर्तन गर्न सक्ने भर्सटाइल व्यक्तित्वहरू भने लामो समयसम्म टिक्न सक्छन् । तर, त्यस्ता मेधावी प्रतिभाहरूको संख्या हातको औलामा गन्न सकिने मात्रै हुन्छ ।
नेपाली चलचित्र क्षेत्रले पनि निकै लामो यात्रा तय गरेको छ । सत्य हरिश्चन्द्रबाट नाप्दा सा“ढे ६ दशक अनि चलिचत्र आमाबाट नाप्दा पा“चदशक उकालो लागिसक्यो नेपाली चलिचत्र । यो लामो यात्रामा सय हैन, हजारको संख्यामा चलिचत्रकर्मीले यो क्षेत्रमा आफ्नो कर्म गरेका छन्, योगदान पु¥याएका छन् । कतिले पर्दा पछाडिबाट, कतिले पर्दा अगाडिबाट ।
नेपाली चलचित्रलाई आजको अवस्थामा ल्याइपुर्याउने हजारौ चलचित्रकर्मीमध्ये हामी कति चलचित्रकर्मी सम्झन्छौ ? दश, बीस, तीस, चालिस ? योभन्दा बढी त यही क्षेत्रका मानिसले पनि सम्झन नसक्लान् । हुन त विर्सनु पनि अस्वभाविक हैन । किनकि सम्झने गरेर उल्लेखनीय योगदान गर्ने चलिचत्रकर्मीहरूको संख्या थोरै नै हुन्छ । 
नेपाली चलचित्रमै शोध गर्ने व्यक्तिका पनि सीमा हुन्छन् । उनीहरूले लिने नमूना आकार आफैंमा एउटा जबर्जस्त सीमा हुन्छ भने आफ्नो विवशता र बाध्यता उल्लेख गर्ने एउटा शीर्षक नै हुन्छ, लिमिटेसन्स । यसले धेरै कुरामा शोधार्थीलाई जोगाइदिन्छ ।
सीमा (लिमिटेसन)  र नजिकपन (प्रोक्सिमिटी) लाइ छोडेर सम्झनुपर्ने नाम कति होलान् नेपाली चलचित्रमा ? पहिलो भए बापत इतिहासका लागि सम्झनुपर्ने पनि केही होलान् । ती बाहेक सा“च्चीकै योगदानका लागि सम्झनुपर्ने कति होलान् यस क्षेत्रमा ? समयले उत्तर मागिरहेको एउटा प्रश्न हो यो । हिसावजस्तो ठ्याक्क उत्तर  नआए पनि वस्तुपरक हुने हो भने उस्तै उस्तै उत्तर आउन सक्छ ।
नेपाली चलचित्रमा इतिहासका कारणले सम्झिने नामहरूमा निर्देशकहरू डीबी परियार (सत्य हरिश्चन्द्र),  हिरासिंह खत्री (आमा), बीएस थापा (माइतिघर), प्रताप सुब्बा (परालको आगो), तुलसी घिमिरे (रा“को) आदि पर्दछन् । यसैगरी पहिलो नायक शिवशंकर (आमा), पहिलो नायिका भुवन थापा (आमा), चरित्र अभिनेत्री शान्ति मास्के, वसुन्धरा भुषाल, चैत्यदेवी आदिको पनि नाम लिनुपर्ने हुन्छ । चरित्र अभिनेताहरूमा हरिप्रसाद रिमाल, ऋद्धिचरण,  हरिहर शर्मा, नीर शाह आदिको लामै सूची बन्छ ।  चलचित्रका प्राविधिकहरूको सूची पनि लामै बन्छ । तर, उनीहरूको योगदान तिलको दाना जति पनि छैन । किनकि, हामीमा योगदानको बारेमा न बताइदिने एप्रिसियसन संस्कार छ न त्यो सम्झाइदिने सूत्रधारहरू नै ।
एक समीक्षकका रूपमा हेर्दा नेपाली चलचित्रको हिजो र आजबीच आकाश जमीनको फरक छ । न हिजोकाले आजकालाई चिन्छन् न आजकाले हिजोकालाई नै चिन्ने माहौल छ । यो सबै चलचित्र संस्कारको अभावले भएको हो । चलचित्र संस्कारमा चलचित्रको आधिकारिक इतिहास हुन्छ, चलचित्र साहित्य हुन्छ। ती दुबैको अध्ययन गर्ने चलचित्र संस्कार हुन्छ र एउटा न्युनतम ज्ञानको तह भएका मानिसहरू मात्र यस क्षेत्रमा आउ“छन् । अझ चलचित्रकर्मीहरूस“ग राम्रा चलिचत्रको अर्काइभ हुन्छ । चलचित्र महोत्सवहरूमा चलचित्रकर्मीहरू एकआपसमा भेटघाट गर्ने, अनुभवहरू साटासाट गर्ने, नया“ पुरानाका चलचित्र हेरेर अप्रिसियसन गर्ने संस्कार हुन्छ । 
तर, दुर्भाग्य नेपाली चलिचत्रकर्ममा यस्तो केही नै छैन । पछिल्लो समय त झन म्युजिक भिडियोको मोडलिङबाट आएका, का“चको पर्दाबाट आएका, रंगमञ्चबाट आएका, पुरानो मूलधारका चलिचत्रकर्मीहरूको सरसंगत, नातापाता आदिबाट आएका गरेर थरिथरिका स्कूलिङका चलिचत्रकर्मी पाइन्छन् । अझ त्यसमा राजनीतिक कित्ताका“ट पनि थपिएको छ । फलतः   चलिचत्रकर्मीहरूमा एकले अर्कालाई सम्मान गर्ने, कामको एप्रिसियनसन गर्ने सोच र कोण केही नै छैन । यसले गर्दा नेपाली चलिचत्रकर्म नाट्रयश्वरीको क्षेत्र हो  र यसमा एक किसिमका गुरूकुल पद्धति आवश्यक हुन्छ भन्ने खालको चिन्तनको पनि खडेरी देखिन्छ ।
नेपाली चलचित्रकर्ममा अहिले अवार्डको असार लागेको छ । अनेकौ खाले संघ संस्था स्थापना भएका छन् र ती संस्थाहरूमा  पद ओगट्ने रोग नै लागेको छ । यी दुबै कोणबाट पाइने  मान, सम्मान, खादा, माला, वधाई आदि इत्यादिमै अहिलेको चलचित्र संस्कार रूमल्लिएको छ । यो पछिल्लो खाले कस्मेटिक चलचित्र संस्कृतिले सिर्जना पक्ष मात्र गौढ हुदै गएको हैन, सम्मानको प्राच्य संस्कृति पनि स्खलित हुन पुगेको छ । 
यो लामो यात्रामा नेपाली चलचित्र उद्योग पाराडाइम सिफ्टको अवस्थामा पुगेको छ । हिजोको डोमिनेन्ट पाराडाइम अब अल्टरनेटिव पाराडाइम हुने स्थिति सिर्जना भएको छ । त्यसैगरी मूलधार बैकल्पिक र बैकल्पिक मूलधारमा स्थानान्तर हुने सम्भावना पनि बढ्दो छ । सारमा, नेपाली समाजका सदस्यहरू जसरी फरक ढंगले कथा भन्न थालेका छन्, त्यसकै सिको गर्न थालेका छन्, नेपाली चलिचत्रका निर्देशकहरू पनि । चलचित्र क्रमशः मिडिया सेन्ट्रिकबाट सोसाइटी सेन्ट्रिक हु“दै गएर तावा तातेको बेला हो यो । ठीक यही बेला, सबै कोण र सोचबाट प्रयत्न गर्ने हो भने नेपाली चलचित्रले आफ्नो बुनोट र बनोटको बाटो समात्न सक्छ । त्यसो हु“दा एक किसिमको फ्युजन नै सही, नेपाली चलचित्रले आफ्नो सिनेम्याटिक ल्याग्वेज हासिल गर्न धेरै दिन लाग्दैन । यदि, त्यसो भयो भने नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा ठूलो उपलव्धी हात पर्न सक्छ ।
यसका लागि यतिबेला आयोजना हुने चलचित्र अवार्डहरू पनि नेपाली चलचित्रको सिनेम्याटिक ल्याङ्गवेज बनाउने उपक्रममा सहयोगी हुन जरूरी छ । दर्शकहरूले पनि तथाकथित फ्यान फलोइङको सनातनीबाट माथि उठेर हाम्रा हैन, राम्रा चलचित्रको पक्षमा उभिए हुने हो यतिबेला । यहा“ राम्रा भनेको हाम्रा हो । अझ प्रष्टस“ग भन्ने हो भने हाम्रा भनेको नेपाली चलिचत्रको चलिचत्र भाषा (सिनेम्याटिक ल्याङ्वेज) बनाउने सम्भावना भएका चलचित्र नै हुन् ।
घुम्दै फिर्दै रूम्जाटार भनेझैं कोही पनि मानिस यो संसारमाअपरिहार्य नहुने अर्थमा नेपाली चलचित्रका अहिलेका मानिस पनि अपरिहार्य हैनन् । जसरी हिजोका थिएनन् र भोलिका पनि हुने हैनन् । आफूलाई सान्दर्भिक बनाउन र आफ्नो औचित्य पुष्टी गर्न समयले दिएको दिशा निर्देशलाई स्वीकार गर्नु नै बुद्धिमानी हो ।
हामी साक्षी छौ, कुनै समय नेपाली चलचित्रमा दुईवटा चलचित्र पाठशाला थिए , एउटा प्रकाश थापा पाठशाला अर्काे तुलसी घिमिरे पाठशाला । नेपाली चलचित्रका विद्यार्थीहरू आआफ्नो सोच र कोणअनुसार ती पाठशालामा जान्थे र जो दुबै पाठशालाका विद्यार्थी हुन्थे, उनीहरू आफूलाई दीक्षित भएको ठान्थे । धेरै भएको छैन त्यो समय र यो समयमा । तर, आजको चलचित्र पिंढीमा त्यो जानकारी कतिलाई छ र ? यही नै एउटा दृष्टान्त हो, कुनै पनि मान्छे यो संसारमा अपरिहार्य छैन, समयअनुसार आवश्यक भने हुन सक्छ । त्यसमा पनि पाराडाइम सिफ्ट हुन लागेको यतिबेला त मान्छे उपयोग मात्र हुने हो । समयको यही सत्य बुझौं, बा“कि यहा“हरूकै मर्जी ।  

Related News