‘कुन पापीको आँखा लाग्यो’मा विनोद

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् ।


काठमाडौं, १० पुस । भोजपुर गोगनेका युवा विनोद सिप्तुङ्खा प्रायः विदेशतिरै रहन्छन् । सामाजिक कार्यमा उनको चासो मात्र होइन, सक्रियता देखिन्छ । उनी पछिल्लो समय भने मोडलका रूपमा देखापरेका छन् । 

उनले विनोद खम्बूको स्वर–संगीत तथा किराती जेबी राईको शब्द रहेको ‘दुई मुटु हाम्रो जोडिएजस्तै थ्यो, कुन पापीको आँखा लाग्यो’ बोलको गीतमा अभिनय गरेका हुन् । यो गीतको भिडियो म्युजिक नेपालले युट्युबमार्फत सार्वजनिक गरेको छ । यो भिडियोमार्फत निर्देशक राकेश किरातीले उनलाई पर्दामा उतारेका हुन् । उनको अपोजिटमा नाजु राईले अभिनय गरेकी छन् । 

‘सोखले मोडलिङ गरेको हुँ’, उनले भने । छुट्टीको समयमा यो गीतमा मोडलिङ गरेको सुनाउँदै यो गीतको भिडिओ सार्वजनिक भएसँगै अभिनयका लागि प्रस्ताव आउन थालेको सुनाए । 

Related News