​विराटचोकमा सिभिल बैंकको शाखा

काठमाडौं, २४ पुस । सिभिल बैंकले मोरङको विराटचोकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखासहित इटहरीमा रहेका दुई शाखामध्ये एक शाखालाई स्थानान्तरण गरी विराटचोकमा सञ्चालनमा ल्याइएको हो । शाखा उद्घाटन बैंक सञ्चालक प्रा.डा. रमेश दाहालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा मोरङका उद्योगी व्यवसायी पनि सहभागी भएको बैंकले जनाएको छ ।
बैंकले ग्राहक तथा सरोकारवालालाई लक्षित गरी आप्mना सेवासुविधा परिस्कृत गरी पहुँच विस्तारलाई प्राथमिकतामा राखेको सिइओ गुरुङले बताए । बैंकले चालू आवको पहिलो चौमासिकमा ११ करोड ३३ लाख खुद नाफा कमाउन सफल भएको छ भने सेयरधनीका लागि ४० प्रतिशत हकप्रद सेयरको निस्कासन गरिसकेको छ । हकप्रद सेयर वितरणपछि पुँजीकोषमा रहेको रकम र गत आवको नाफाबाट चुक्ता पुँजी ८ अर्ब पु¥याउने योजना बैंकले बताएको छ । 

Related News