​संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने

दृष्टि न्यूज

विराटनगर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । संघले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु नहुने उनको भनाई छ ।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य सुरु गरिसकेको जनाए । प्रदेश सरकारको भावना र चाहानाप्रति संघीय सरकार गम्भीर रहेको बताउँदै उनले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने बताए ।

Related News