​एकीकृत पार्टीको महासचिव विष्णु पौडेल, प्रबक्ता नारायणकाजी, स्थायी समितिमा २ जना थपियो

दृष्टि न्यूज

काठमाडौं । 
आजैबाट नयाँ बन्दै गरेको नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्ण पौडेल र प्रबक्तामा नारायणकाजी श्रेष्ठ चयन गर्ने सहमति भएको छ । 
हाल दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । दुवै पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी विघटन गर्दै नयाँ पार्टीको एकता महाधिवेशनको लागि प्रतिनिधि पठाउने छ । केन्द्रीय सदस्यहरुले एकता महाधिवेशन अर्थात संयुक्त बैठकमा भाग लिनेछन् । सो बैठकले नयाँ पदाधिकारी सम्बन्धी अन्तिम निर्णय गर्ने कम्युनिष्ट पार्टीको प्रचलन हो ।
यसैबीच, स्थायी समितिमा २ जनाको नाम थप गर्ने सहमति भएको छ । यसअघि ४३ सदस्यीय स्थायी समिति अब ४५ सदस्यीय हुने भएको छ । जसमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ रहनेछन् ।

Related News