कांग्रेस प्रवक्तामा शर्मा, गुटबन्दीमै देउवा

काठमाडौं, २६ पुस 
नेपाली कांग्रेसले महाधिवेशन भएको दुई वर्षपछि प्रवक्ताको जिम्मेवारी तोकेको छ। विश्वप्रकाश शर्मालाई पार्टी सभापति शेर बहादुर देउवाले मंगलबार प्रवक्ता नियुक्त गरेका हुन्।  
\शर्मा देउवा गुटकै नेता हुन्। चुनावमा कांग्रेसले हारेपछि पनि उनले देउवाकै पक्षमा बोल्दै आएका थिए।  सोही कारण प्रवक्ताको जिम्मेवारी दिएको बताइन्छ। गगन थापा पनि प्रवक्ताको लबिङमा थिए। 
रामचन्द्र पौडेल पक्षधरका नेताहरुले भने सभापति अझै गुट बाहिर जान नसकेको आरोप लगाएका छन्। 

Related News