​बैदेशिक रोजगार विभागका महानिर्देशक घुसकाण्डमा पक्राउ

काठमाडौं, २९ कात्तिक । 
घुस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे  पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई  बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई मंगलबार बेलुका इन्द्रणी फुडल्याण्डबाट दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । 
महानिर्देशककै निर्देशनमा घुस लिएको खुलेपछि पाण्डे पक्राउ परेका हुन् । जुनसुकै मन्त्रि आएपनि उनीहरुलाई रिसाएर पाण्डे लामो समयदेखि विभागमा कार्यरत थिए । प्रधानमन्त्रीपत्नी आरजु देउवाले उनलाई त्यहाँबाट सरुवा नगर्न दबाब दिदै आएकी थिइन् । 

Related News