१ सय ५० जनाले गरे रक्तदान

दृष्टि न्यूज

काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेस्ट र नवो हारती बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ ।  'रक्तदान जीवनदान' भन्ने नारासहित राजधानीमा शनिबार  आयोजित कार्यक्रममा १५० जनाभन्दा बढीले रक्तदान गरेको रोटरी क्लवले जनाएको छ । 
रोटरी क्लव अफ काठमाडौं वेस्ट र नवो हारती बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस्तै, क्लवले विगत नौ वर्षयता प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको हो । अस्पतालहरुमा हुने रगतको अभावलाई केही मात्रा भएपनि पूर्ति गर्न हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रोटरी क्लव अफ काठमाडौं वेस्टले जनाएको छ ।
यसैबीच कार्यक्रममा महिलाहरुलाई स्त्री रोगसम्बन्धी सचेतना पनि दिइएको छ । कार्यक्रमम सहभागी महिलाहरुलाई रक्तदान संलग्न ज्योति अस्पतालकाका चिकित्सकले स्त्री रोगबारे जानकारी र सचेतना दिएका थिए ।   

Related News