​बोक्सीको आरोपमा निर्मम यातना

दृष्टि न्यूज

वीरेन्द्र रावल, कैलाली २९ फागुन । समाजमा व्याप्त कुरिती, विसंगती, विकृति अन्याय, अत्याचार शोषण र दमनको अन्त्यको लागि आवाज उठाउनेदेखि लिएर त्यसको कार्यान्वयन गर्ने निकायका प्रबुद्ध व्यक्तिहरु सहभागी भएको ¥याली विहीबार धनगढीको मुख्य सडकमा १०८ औं अन्तरराष्ट्रिय नारी दिवस मनाउँदै थियो । समाजमा व्याप्त सबैखाले विभेदको अन्त्यका  भन्दै बडो तामझामका साथ  नेपाल प्रहरीको व्याण्ड, विभिन्न संघ÷संस्थाका महिला नेतृहरु, सरकारी कार्यालयका प्रमुखहरु, सामाजिक विकासमन्त्री दीर्घ सोडारी र प्रमुख जिल्ला अधिकारीसमेत सहभागी रहेको ¥यालीे धनगढी चौराहाबाट जिल्ला समन्वय समितिसम्म पुगेर अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न गरिरहँदा जिल्लाकै मध्यवर्ती क्षेत्र, त्यसमा पनि थारु समुदायकी एक किशोरीले बोक्सी प्रथा( कुरिती) को शिकार बनिरहनु प¥यो ।
विडम्वना भनौं या संयोग घोडाघोडी नगरपालिका वडानम्बर– ५ देउकलियाका जोखन चौधरी र केशरी चौधरीकी १८ बर्षिया छोरी राधा चौधरीमाथि बोक्सीको आरोप लगाउँदै गाउँलेका सामु अपमान गर्दै निर्घात रुपले मरणासन्न हुनेगरी कुटपिट गरियो । गाउँले रमिते बने ।
७ नम्बर प्रदेशको राजधानी धनगढीमा  नारीहरुको पक्षमा अनि सामाजिक विभेदका विरुद्धमा गगन चुम्वी नाराहरु लगाउँदै गर्दा उता देउकलिया गाउँमा भने राधा चौधरीको बचाउबचाऊ भन्ने चित्कार छुट्दै थियो । सयौं गाउँलेका बीचमा राधा एक्लै भोले बाबा भनिने रामबहादुर चौधरी र उनकी सहयोगी पावर्तीको यातना खेपिरहेकी थिइन् । बिहीबारको  बिहानको ८ बजेको समयमा गोठमा गएर गोवर मल सोहरेर घरतिर लाग्दै गरेकी राधालाई एककासी ८÷१० जनाको समूह गोठमै आएर बोक्सीलाई समात भन्दै लछारपछार गर्दै गाउँका गुरुवा भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीको आश्रमस्थलको आँगनमा लगियो ।
आश्रमको आँगनमा पु¥याइएकी राधालाई चारैतिर गाउँलेको घेरा बनाएर रामबहादुर र उनकी सहयोगी पार्वतीले देउता र गुरुवा निकाल्दै लगातार रुपले भूइँमा लछार्दै  कुटपिट र निर्मम यातना दिन सुरु गरे । 
सोही ठाउँकै  राष्ट्रिय मावि सुख्खडमा कक्षा ११ मा अध्ययन गरिरहेकी राधाले स्कुलमा सामाजिक कुरिती, छाउपडी प्रथा, दाइजो, जातिय छुवाछुत र सामाजिक विभेदको बारेमा राम्ररी जानकारी पाएकी भएपनि अन्तर्राष्ट्रिय नारी दिवसकै दिन आजको २१ औ शताब्दीमा पनि अन्यायी र निर्दयी क्रूर समाजको  यातना खेप्न बाध्य हुनुप¥यो राधाले  । 
बोक्सी एक कुप्रथा हो । समाज विकासको बाधक हो यो प्रथा भन्ने कुराको राम्ररी जानकारी पनि छ राधालाई । समाजमा व्याप्त सबैखाले विसंगति र विकृतिले समाजको विकासलाई जहिल्यै पनि पछाडी धेकेलिरहेको हुन्छ भन्ने कुराको सम्पूर्ण जानकारी राधालाई नभएको पनि होइन, तर विडम्बना नै भन्नुपर्दछ त्यही अन्यायी र विभेदकारी समाजले राधालाई चरम यातना दिएर नेपाली समाजको चेतनास्तरको खिल्ली उडाइदिएको छ विश्वसामु । 
एउटा निर्दोष किशोरीमाथि चरम यातना भइरहेको अवस्थामा एउटाले पनि उसको पक्षमा बोल्न नसक्नुले आफँै अनुमान लगाउन सकिन्छ कि अझै पनि नेपाली समाजको चेतनास्तर कुन स्तरको रहेछ भनेर ।  झण्डै आधा घन्टा ‘पार्वतीमाता’ को उन्मादपूर्ण कुटपिटपछि राधा थिल्थिलो भसकेकी थिइन् । तर, उनीमाथिको यातना रोकिएन । ‘पार्वतीमाता’ एकाएक भुइँमा उत्तानो परेर बर्बराउन लागिन । अब त्यहाँ काप्दै, नाच्दै ‘भोलबाबा’ को प्रवेश भयो । अनि भोलेबाबाले शुरु गरे आफ्नो निर्मम यातना । कुनै निर्जीव वस्तुलाई हिर्काएझैं उनले न्वारानदेखिको बल लगाउँदै राधामाथि लात्तीघुस्सा प्रहार गरिरहे । राधाले रोइकराई गरिरहिन् । हारगुहार गरिन् । आफूले कुनै गल्ती नगरेको भन्दै नकुट्न बिन्तीभाउ गरिरहिन, तर भोलेबाबाको दानवीय व्यवहार फिल्मी शैलीमा प्रहशन भइनैरह्यो ।  निरन्तरको कुटाईबाट राधा बोहोस भइन् । 

Related News