​खुमन र गायत्रीको ‘बोली मिठो’ (भिडियो)

दृष्टि न्यूज

काठमाडौं । गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वरमा पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । 
आकर्षक भिडियोसहित गीत शिव दर्शन फिल्मस्को युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको छ ।
बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ । 
नृत्यका लागि थुप्रै कोरस कलाकारसमेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ । 
अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् । 

Related News