​वीपी प्रतिष्ठानका रजिष्ट्रारलाई २४ घण्टे स्पष्टीकरण

दृष्टि न्यूज

धरान । कहिलेकाहीँ शिकारलाई हान्न ठिक पारेको बन्दुक पड्केर शिकारी आफैँ  शिकार भएको घटना सुन्न पाइन्छ ।  अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठमाथि यस्तै आपत आइलागेको छ ।
विगत पाँच वर्षदेखि प्रतिष्ठानको रजिष्ट्रार पदमा कार्यरत रजिष्ट्रार श्रेष्ठको कार्यकाल समाप्त हुन अब ८ महिना बाँकी छ ।  यसबीच उनले थुप्रै आर्थिक अनियमितता गरेर प्रतिष्ठानलाई करोडौ रुपैयाँ हानी पु¥याएको तथ्यहरु धमाधम बाहिर आउन थालेको छ । एक वर्षअधि कार्यकाल पूरा गरेर हाल प्रतिष्ठानभित्रै रहेका पूर्व उपकुलपति प्राडा वलभद्र दास र रजिष्ट्रार मिलेर थुप्रै आर्थिक अनियमितता भएको कुरा अख्तियार दुरुपयोग आयोगले चलाउन लागेको मुद्दाबाट पनि पुष्टि गर्छ । तर  नेकपा एमाले निकट मान्ने रजिष्ट्रारले आफनो पालामा भएका आर्थिक अनियमिततालाई ढाकछोप गर्न र  नेपाली कांग्रेस निकट मानिने वर्तमान उपकुलपति प्राडा राजकुमार रौनियारलाई हटाएर आफनो अनुकूल भीसी ल्याउन ठूलो कसरत गरिरहेका छन् । उनले गरेको कसरतअनुसार वर्तमान उपकुलपतिले कन्सल्टेन्ट नियुक्तिमा अनियमितता गरेको, एमआरआई खरिदमा कमिशन खान खोजेको रजिष्ट्रारको अधिकार खोसेको जस्ता आरोप लगाउँदै यसको छानबिन गराउन प्रधानमन्त्रीलाई आयोग बनाउन लगाए । प्रधानमन्त्रीले पनि सचिव केदारबहादुर अधिकारीको सयोजकत्वमा एक समिति बनाएर छानबिन गरायो । तर  गत असोज १९ गते बुझाएको सो आयोगको प्रतिवेदनमा वर्तमान कुलपतिको कुनै दोष देखाएन वरु हालसम्म भएका सवै आर्थिक अनियमितता निवर्तमान उपकुलपति वलभद्र दास र रजिष्ट्रार तुलबहादुर श्रेष्ठकै पालमा भएको उल्लेख गरेको छ । आफूले तयार गरेको आयोगरुपी बन्दुक आफैँतिर सोझिएको देखेपछि अत्तालिएका रजिष्ट्रार र नेकपा माओवादीको कोटाबाट शिक्षाध्यक्ष भएका प्राडा गुरु खनालले पुनः पार्टीको शक्ति भिडाएर प्रधानमन्त्रीलाई अर्को आयोग बनाउन दबाब दिए । फलस्वरुप यस विषयमा अन्जान प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने अधिल्लो रात झुक्याएर हतारमा सहि गर्न लगाई पहिलो छानविन समितिको प्रतिवेदन उपर पुन अर्को आयोगले छानवीन गर्नु भनि स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको सयोजकत्वमा ३ सदस्सिय छानविन समिति वन्यो । सो समितिको सदस्यहरुमा भने रजिष्ट्रार आफै र शिक्षाध्यक्ष खनाललाई राखे पछि आफै धामी आफै वोक्सी हुने भनेर सचारमाध्यममा व्यापक विरोधका समाचारहरु आए । अन्तत सो समितिले पनि वर्तमान उपकुलपतीको कुनै दोष नभेटे पनि उपकुलपतिले  केहि फायलहरु उपलव्ध नगराएको आरोप लगाउदै स्वास्थ्य मन्त्रीले २४ घण्टे स्पष्टिकरण सोधेको पत्र पठाउन लगाएको छ । तर आफु आउनु भन्दा अधि भएका अनियमिततालाई लिएर आफुलाई स्पष्टिकरण सोधिए पछि कार्तिक १४ गते प्रतिष्ठानका उपकुलपति रौनियारले पनि सो छानविन समितिलाई जवाफ दिनु पर्ने भएकोले सवै कामकार्वाहिको जिम्मेवार तपाइले नै पहिला मलाई निम्न विषय हरुमा स्पष्टिकरण दिनु पयोै भनेर ४ पेज लामो १८ वुदे स्पष्टिकरण सोधेको पत्र थमाई दिएको छ । अव उनले कस्तो स्पष्टि करण दिने हुन सर्वत्र चासो र चर्चाको विषय वनेको छ । यदि उनले चितवुझदो स्षष्टिकरण दिन सकेन भने  रजिष्ट्रारलाई नै निलम्वन गर्नको लागी सहकुलपति तथा स्वास्थ्यमन्त्री समक्ष सिफारीस गर्ने सकिने कुरा उपकुलपति रौनियार वताउछन । 
 रजिष्ट्रारलाई स्पष्टिकरणमा के के सोधिएको छ ?
हाल प्रतिष्ठानमा निर्माणाधिन २५०करोड लागतकोे  ४०० शैयाको मातृशिशु भवनको ठेक्का लगाउदा सम्वन्धित स्वास्थ्य मन्त्रालयवाट वजेट स्विकृत नगराई र प्रतिष्ठानको पनि वजेट नभएको वेला किन लगाईयो र यस वारे वर्तमान उपकुलपतीलाई रजिष्ट्रारले किन जानकारी गराईएन ? भन्ने वारे पनि सोधीएको छ । यसै गरी सोहि वर्ष प्रतिष्ठानले क्यान्सर तथा मुटु रोगको छुटै उपचार भवन निर्माण गर्न तत्कालिन उपकुलपति र रजिष्ट्रार श्रेष्ठले  आफनै मान्छे लाई ठेकका लगाएको थियो ।  तर स्वास्थ्य मन्त्रालयवाट वजेट निकासा नभईकनै लगाईएको सो ठेक्का पनि वर्तमान उपकुलपति आए पछि रद्द गर्न वाध्य भए पछि मिडियाहरुमा त्यसको दोष वर्तमान उपकुलपतिलाई लगाउदै आएका थिए । तर सवै काम गर्ने  गराउने रजिष्ट्रार नै भएकोले आफुलाई त्यस वारे किन जानकारी गराईन भनिस्पष्टिकरण सोधिएको कुरा उपकुलपति रौनियार वताउछन । 
यसै गरी स्वास्थ्य मन्त्रालयले २०७१ सालमा करीव २ करोड वरावरको मान्छेको डिएनए पता लगाउने मेशिन उपलव्ध गराएको थियो । तर सो हाल सम्म सचालनमा नआई थन्काएर राखिएको वारेमा पनि सोधिएको छ । प्रतिष्ठानको भुई सफ गर्ने मेशिनहरु विग्रिएर हाल अस्पताल दुर्गन्धित भई सक्दा पनि  रजिष्ट्रारले सो मेशिन मर्मत सम्भार नगरेको जवकि रजिष्ट्रारलाई मर्मत सम्भार को लागी ५ लाख सम्म खर्च गर्ने अधिकार दिएको छ भनि सोधिएको छ । यसै गरी शाखा अधिकृत कमल कुमार रायलाई प्रतिष्ठान भित्र दुई वटा रुख काटर थप क्वाटर वनाई दिएको ,विना टेण्डर एक जना भारतिय नागरीकलाई प्रतिष्ठानको हाता भित्र किडजी नाम मन्टेश्वरी स्कुल सचालन गर्न किन दिएको भन्ने जस्ता वारम्वार समाचारमा आईरहेका विषयमा पनि स्पष्टिकरण सोधिएको कुरा कर्मचारी सुत्र वताउछन । प्रतिष्ठानको शौचालय सफा गर्न हरेक विभागमा स्थापनाकाल देखि नेै हेल्परको व्यवस्था हुदाहदै पनि रजिष्ट्रार श्रेष्ठले आफना भाई गोपाल श्रेष्ठलाई टेण्डर नै नगरी आन्तरीक सरसफाईको काम गर्न दिएको वारे पनि सोधिएको छ । यसै गरी हालका उपकुलपतीलाई असयोग गरी वदनाम गराउने मनसाय राखि रजिष्ट्रारले अस्पतालको लिफट, कम्युटर सरभर, विजुली, पानी, सुरक्षाको व्यवस्थामा ध्यान दिन छाडे पछि त्यस वाट अस्पताललाइ  असर पर्न थालेको वारे पनि सोधिएको छ । 

१८ वुदे स्पष्टिकरणमा रजिष्ट्रारले गरेको चर्चित चेक काण्डको वारेमा भने किन नसोधिएको भनि प्रश्न गर्दा उपकुलपति रौनियार भन्छन यस वारे २ हप्ता अधि छुटै स्पष्टिकरण सोधि सकिएको हुनाले यसमा नथपेको हो । के भने छ उनले भनि प्रश्न गर्दा लेखा फाट वाट आएकोले आफुले सहि गरी दिएको भनि उतर दिएको वताए । 
स्मरण रहोस यता प्रधानमन्त्रीले प्रतिष्ठान भित्रको भ्रष्टचारको छानवीन गर्न स्वास्थ्य मन्त्रीलाई सयोजक वनाएर समिति वनाएकै हप्ता सोहि समितिका सदस्य रजिष्ट्रार श्रेष्ठले प्रतिष्ठानसंग कुनै कारोवार र साइनो नभएका जीवन पौडेलको नाममा पाच लाख पचास हजारको बेयर चेक काटेर भुतmान दिएको फेला परे पछि प्रतिष्ठानमा हल्लीखल्ली मच्चिएको थियो । ०७५ बैशाख २३ गते एनआइसी एशिया बैंकमा रहेको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाता नम्बर २३४१०१४८०५५२४०१४ को चेक नम्बर १६७५०६५० बाट जीवन पौडेलको नाम काटिएको चेक उपकुलपतीले फेला पारे पछि उनले रजिष्ट्रार माथि चेक काण्डको छानवीन गरीयोस भनी प्रधानमन्त्रीलाई पत्राचार गरेको छ । चेक काण्ड वारे रजिष्ट्रार श्रेष्ठ सग जिज्ञासा राख्दा उनले आफुलाई एकाउन्ट फाटवाट आएकोले सहि गरेर पठाएकोले यसको दोष एकाउन्टफाटलाई जाने वताए । उनले सो कुरा उपकुलपतीले मागेको स्पष्टिकरणको प्रतिउतरमा पनि वताएका छन । 
हाल सो चेक काण्डलाई अख्तियार दुरुपयोग अनुसान्धन आयोग पुर्वी क्षेत्रीय कार्यालय इटहरीले पनि छानवीन गरी रहेको कुरा आयोगका निर्देशक महेश आचार्यले पत्रकारहरुलाइ जानकारी दिएका छन । यस अधि पनि प्रतिष्ठानको छानवीनलाई धुस खाएर तामेलीमा राखेको सन्दर्भ उठाउदा निर्देशक आचार्यले यस भन्दा अधिको कुरा म जान्दिन तर यो केश गम्भीर भएकोले म कार्वाहि अधि वढाएरै  छाडछु भनि वताए । यो चेक काण्डमा आर्थिक प्रशासन प्रमुख रुपा सिंघानी लगायत लेखाप्रशासन अधिकृतहरुको  समेत संलग्नता रहेको कर्मचारी स्रोत बताउछ । तर यो चेक काण्डले वीपी प्रतिष्ठानको लेखा फाट  भित्र हुनेगरेको आर्थिक अनियमितताको भण्डाफोर हुने देखेर आर्थिक प्रशासनकै ६ जना अधिकृतहरुले एक विज्ञप्ती निकालेर सो  काण्डमा रेकटर र रजिष्ट्रार  को सलग्नता नदेखाउन  आग्रह गरेका छन । 
कुनै पनि चेक मा अधिकतम ५ लाख सम्मको रकममा मात्र हस्ताक्षर गर्न पाउने नियम हुदा हुदै रजिष्ट्रारले कसरी साढे पाच लाखको चेकमा हस्ताक्षर गरे । प्रतिष्ठान सुत्रले दिएको जानकारी अनुसार चेक काण्ड चर्केर जादा हस्ताक्षर गर्नेहरु जेल सम्म पर्न सक्ने भएकोले सो काण्ड सामसुम पार्न हालै सो रकम प्रतिष्ठानको खातामा पुनः जम्मा गरिएको वताइन्छ । तर गएको रकम पुन कस्को नामबाट जम्मा हुन आयो भन्ने कुरा थप खोजीको विषय भएको छ । 
यसै वीच प्रतिष्ठान भित्र उच्च अधिकारीहरुको चाकडि गरेर वर्षौ सम्म पैसा कमाउने विभागमा वसेका तर कहिले सरुवा नभएका २ दर्जन कर्मचारी हरुलाई उपकुलपतिले यसै हप्ता विभिन्न विभागमा सरुवा गरे कर्मचारी माझ भुईचालै गएको वताईन्छ । यसरी सरुवा हुने हरु मध्ये विगत २२ वर्ष देखि लेखाफाटमा वसेर अनियमितता गर्देै आएका कमल राय र कम्युटर फाट का हाकिम वनाएर राखिएका  पूर्वउपकुलपति दासका भतिज राकेश दास पनि परेका छन ।  
रजिष्ट्रारको असहयोगको कारण प्रतिष्ठानमा के कस्तो असर परिरहेको छ भनी जिज्ञासा राख्दा उपकुलपति रौनियार भन्छन् दैनिक काममा ठूलो असर परेको छ । कुनै पनि सामानहरु खरिद गर्न पाइएको छैन, नियमित टेण्डर ठेक्का दिन पाइएको छैन । कार्यसमितिको बैठक वोलाएको छैन । खाली कर्मचारी भडकाउने समस्या श्रृजना गराउन चाहनु भएको देखिन्छ ।  यस वारे रजिष्ट्रार श्रेष्ठ सग सम्पर्क गर्दा आफनो कारणले कुनै समस्या नआएको छोटो जवाफ दिन्छन ।   

Related News