६ मिनेटमा कोष्टारिकामाथि ब्राजिलको विजयी

दृष्टि न्यूज

काठमाडौं ।  ब्राजिल विश्वकपको उपाधी दाबेदार मानिदै आएको छ । शुक्रबार ब्राजिलले कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ । 
निर्धाति समयसम्म कुनै गोल नभएपछि ६ मिनेट थप गरिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमै ब्राजिलका कौन्टीन्होले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाए ।  त्यसको केही मिनेटमै नेइमारको गोलको व्यग्रप्रतिक्षामा रहेका उनका समर्थकले उनको गोल हेर्न पाए ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई शुक्रबारको खेलमा पनि कोस्टारिकाले निकै गाह्रो पारेको थियो । 
अधिकांश समय बल ब्राजिलका खेलाडीहरुले नियन्त्रणमा लिएर गोलपोष्टमा प्रहार गरेपनि कोस्टारिकाका गोलकिपर केलर नभासले गोल हुनबाट जोगाएका थिए । 
थपेको समयमा बल समात्नेक्रममा लडेर कोस्टारिकाका गोलकिपर घाइते भएपछिको समयलाई ब्राजिलले राम्रैसँग उपयोग ग¥यो । 
ब्राजिलसँगको पराजयसँगै यसपटक विश्वकपमा कोस्टारिका दुवै खेलमा हारेर स्तब्ध हुने देश बनेको छ । पहिलो खेलमा कोस्टारिका सर्बियासँग हारेको थियो । 
ब्राजिलबाट पनि विश्वकप सुरु हुनु अगाडी जुन तरिकाले अपेक्षा गरिएको छ । त्यो अनुसारको खेल प्रदर्शन हुन सकेको छैन । 
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि ब्राजिलप्रतिको भरोसामा कमी आएको छ । कोस्टारिकामाथिको जितसँगै खेल सुधार्ने मौका भने ब्राजिलले पाएको छ । 
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार नै नेपाली समय अनुसार पौने नौ बजे नाइजेरिया र आइसल्याण्ड भिड्न लागेका छन् । 

Related News