​कम्प्यूटर अपरेटर पक्राउ, उपसचिव पनि तानिदै

काठमाडौं, ३१ असोज । 
आन्तरीक राजश्व कार्यालय जनकपुरका कम्यूटर अपरेटर रामकिशोर महतो सोमबार ३२ हजार घुससहित पक्राउ परेका छन् । हाकिमकै मिलेमतोमा उनले घुस असुलेको खुलेपछि राजश्व कार्यालयका हाकिम कृष्ण मैनालीको पनि जागिर धरापमा परेको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक पसलको दर्तासम्बन्धमा घुस लिदै गर्दा पक्राउ गरेको थियो । रमाइलो के भने महतो माली पदमा भर्ना भएका व्यक्ति हुन् । कम्यूटर जानेको भन्दै मैनालीले उनलाई कम्प्यूटर अपरेटर मात्र बनाएनन्, कर उठाउनै खटाउने गरेका थिए । पैसा उठाउन र बुझान चलाख भएकाले महतोलाई परिचालन गरी पैसा  उठाउन परिचालन गर्दै आएका थिए । जसकारण महतो पक्राउपछि हाकिमको जागिर पनि धरापमा परेको छ । 

Related News