​घुससहित पक्राउ परे लेखापाल

दृष्टि न्यूज

काठमाडौ, २८ असार। 
 बारास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साह घुससहित पक्राउ परेका छन्। एच.आई.भी. सम्बन्धी जनचेतना कार्यक्रमको लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनलाई ३० हजार रुपैयाँ  घुससहित पक्राउ गरेको हो। 
असार मसान्तमा भुक्तानीका लागि घुस माग्ने कर्मचारीहरु धमाधम पक्राउ परिरहेका छन्। 

Related News