​विद्युतीय सवारी साधन सञ्चालनको व्यवस्थापनका लागि इकाई गठन हुँदै

दृष्टि न्यूज

काठमाडौं, ६ कात्तिक । 
विद्युतीय सवारी साधन सञ्चालन व्यवस्थापनका लागि सरकारले केही दिनमै इकाई गठन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिजुली बसको उद्घाटन गर्दै यस्तो बताएका हुन् । 
 सरकारले बिद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति लिएको उनको भनाई छ ,।  २० ठाउँमा चार्जिङ्ग स्टेसन खोलिने बताउँदै उनले सन् २०५० सम्ममा पेट्रोलको खपत निकै घटाउने दाबी पनि गरे । 
 
लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले ब्याट्रीबाट चल्ने बिद्युतीय बस सञ्चालनमा ल्याएको  हो ।  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यास होइन बिजुली तिर लाग्ने बताएका हुन् ।

उनले भने, ‘यसअघिको कार्यकालमा मैले ग्यासको पाइपलाइन पुयार्उने बताएको थिएँ । अब ग्यासको पाइप हैन बिजुलीको तार हरेकका घरमा पुयार्उने छौँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो भनाईलाई पहिलेको जस्तै अनौठो मान्न सक्ने पनि बताए । उनले भने, ‘पहिले मैले ग्यास पाइप घरघरमा पुयार्उँछु भन्दा अनौठो मानियो । अब बिजुलीको तार हरेकका घरघरमा पुयार्उने तयारीमा यो सरकार जुटको छ । त्यसमा कसैले भिन्न अनुभव गर्नु पर्दैन ।’ 

नेपाल अबको केही वर्ष्भित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले सवारी साधान चलाउन पनि समस्या नहुने उनले बताए । बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी पनि उनले गरे । उनले भने, ‘यस्ता बसले वातावरण प्रदुषण पनि गराउँदैन ।’

Related News