​सीईओ स्पष्टीकरणः के गर्ला मन्त्रिपरिषद् बैठकले?

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) सुशील ज्ञवालीको स्पष्टीकरणबारे छलफल भई निर्णयसमेत हुन सक्ने स्रोतले जनाएको छ । 

पुनर्निर्माण प्राधिकरणका कामप्रति असन्तुष्ट देखिएको सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । पहिलो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद् बैठकले पुनः स्पष्टीकरण सोधेको थियो । 

Related News