​‘क्याफे कफी डे’को तेस्रो आउटलेट दरबारमार्गमा

दृष्टि न्यूज

काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले नेपालमा आफ्नो तेस्रो आउटलेट दरबारमार्गमा खोलेको छ । आउटलेटको नायिका तथा अभिनेत्री स्वस्तिमा खड्काले उद्घाटन गरेकी थिइन् । 
क्याफेले आफ्ना सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको जनाएको छ । यसले तातो र आरामदायी वातावरण दिने कम्पनीको दाबी छ । नयाँ मेनु अन्य आउटलेटमा पनि उपलब्ध गराइनेछ । जसमा खानाको परिकारका साथै पेय पदार्थमा पनि विकल्प देख्न सकिने जनाएको छ । धेरै ग्राहकले मःममा रुचि राख्ने हुनाले मेनुमा मःमलाई पनि समावेश गरिएको क्याफे कफी डेले जनाएको छ । 
नयाँ आउटलेट दुइटा फ्लोरमा विभाजित गरिएको छ । यसको पहिलो तलामा ४० जना बस्ने क्षमता छ भने दोस्रो तलामा ३० जनाको सिट क्षमता रहेको जनाइएको छ । 

Related News