​क्यान महासंघको २४औँ वार्षिक साधारणसभा सम्पन्न

चौरासिया सर्वसम्मत अध्यक्षमा निर्वाचित

दृष्टि न्यूज

काठमाडौं, १० पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालको २४औँ वार्षिक साधारणसभा तथा महाधिवेशन सम्पन्न भएको छ । विभिन्न ३३ जिल्लाका प्रतिनिधि सहभागी भएको साधारणसभाले अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरेका हेमन्तकुमार चौरासियालाई सर्वसम्मत केन्द्रीय अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
यसैगरी महासंघ उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्लाअन्तर्गत) निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा रञ्जितकुमार पोद्दार निर्विरोध निर्वाचित भएको क्यान महासंघले बताएको छ ।
यस्तै, सचिवमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । थप सचिवअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् । 
त्यसैगरी कोषाध्यक्षमा खुसल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय सदस्यमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखाबाट सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, मधु कुमार अमात्य, विक्रम सिंह, दीपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जीवी अधिकारी, ठाकुरकुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भूपेन्द्रसिंह वली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराज पनेरू निर्विरोध निर्वाचित भएको क्यान महासंघले जनाएको छ ।

Related News