​क्यान इन्फोटेक मेलाको तयारी पूरा

दृष्टि न्यूज

काठमाडौं ८ माघ । आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिने क्यान इन्फोटेक मेलाको तयारी पूरा भएको छ । ६ दिनसम्म सञ्चालन हुने मेलाको सबै तयारी पूरा भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) फेडेरेसनले राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
यो वर्षको मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । २४औं संस्करणका रूपमा हुने यसपटकको मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधि प्रदर्शनी गर्ने अवसर पाउनेछन् । 
क्यान इन्फोटेक मेलामा संस्करणमा पनि सुबिसु केबलनेट प्रालि शीर्ष प्रायोजकका रूपमा रहेको छ भने एसोसिएट प्रायोजकमा मोटोरोला नेपाल रहेको छ । मेलाको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहनेछन् । त्यस्तै ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४ र १० वटा फुड स्टल गरी २ सय २२ स्टल रहनेछन् । 
जसमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर, वितरक, इन्टरनेट सेवाप्रदायक, दूरसञ्चार सेवाप्रदायक, आइसिटी कलेज तथा टे«निङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् ।
मुख्य प्रदर्शनी हलभित्र र बाहिरका शत् प्रतिशत स्टल बुकिङ भइसकेको आयोजक क्यान महासंघले जनाएको छ । सर्वसाधारणमाझ सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिन लागेको महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए । 
मेलाका अफर
यो अफरमा सहभागी हुन खल्ती वालेटका प्रयोगकर्ताले आफ्ना साथीभाइलाई खल्ती प्रयोग गर्न रिक्वेस्ट पठाउनुपर्नेछ । जसमा पठाउने र स्वीकार गर्ने दुवैले ४० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । सबैभन्दा धेरै रिक्वेस्ट पठाउने प्रयोगकर्ताले ५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् ।
क्यान इन्फोटेक भ्रमण गर्ने एक भाग्यशाली व्यक्तिले उपहारस्वरूप हाइसेन्सको लिड टेलिभिजन प्राप्त गर्नेछन् ।
मेलाको अफिसियल बैंकका रुपमा रहेको सनराइज बैंकले मेलाको टिकट काटी प्रवेश गर्नेलाई ४ सय प्रतिशतसम्म क्यासब्याक अफर उपलब्ध गराउनेछ ।
मेलाको मुख्य प्रायोजकसमेत रहेको इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ग्राहकलाई क्लियर टिभी, इन्टरनेटलगायतका सेवामा विभिन्न अफर ल्याउने भएको छ ।  

Related News