नयाँ वाइन ‘क्यान्भास’ बजारमा

दृष्टि न्यूज

काठमाडौं, २३ असोज । संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । 
आइतबार एक समारोहका बीच मदिरा व्यवसायी तथा उद्योगीहरुको उपस्थितिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गर्नुभएको हो । संकटाले स्वीट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइनबजारमा उपलब्ध गराएको छ । 
विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य रु. ४९० तोकिएको छ । देशभरका मदिरा आउटलेटमा वाइन चाँडै पुग्ने संकटाले जानकारी दिएको छ । 
क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकले सर्वेक्षण गरेर अंगुर आयात गर्ने गरेको छ । आफैं प्राविधिक परीक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एकमात्र वाइन कम्पनी हो । 
अहिले ७५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले चाँडै फ्यामेलीवा पार्टी प्याकको वाइन ल्याउने तयारी गरेको छ । 
काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन शुरु गरेको हो । जुन प्रविधिबाट वाइन उत्पादन गर्ने नेपालको एकमात्र वाइन कम्पनी हो । 

Related News