आलोपालो

​कलामार्फत ‘चेतना सम्प्रेषण’ आग्रह

काठमाडौं । ‘मदन भण्डारी कला साहित्य प्रतिष्ठान’ले कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीलाई आफ्ना सिर्जनामार्फत ‘चेतना सम्प्रेषण’ आग्रह गरेका छन् । प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्रमा ‘एउटा सचेत स्रष्टा जीवनको यथार्थप्रति आँखा चिम्लिएर स्वप्निल संसारमा रमाउन सक्दैन’ भनिएको छ । प्रतिष्ठानद्वारा प्रस्तुत यो अवधारणापत्र समय सापेक्षितमात्र नभएर ‘संस्कृतिकर्मी’ भनिएकालाई ‘सुझाव र चेतावनी’ जस्तै भएको छ किनकि, हिजोआज कलाकार तथा स्रष्टाका सिर्जनामा ‘अराजकता’ पाइन थालिएको छ । … विस्तृत समाचार

सांस्कृतिक सम्पदा जोगाउन जाग्यो इन्भेष्टमेन्ट बैंक

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेको पाटन दरबार स्क्वायर विश्व सम्पदा सूचीमा रहेका महत्वपूर्ण सम्पदा हुन् । यसै क्षेत्रमा  सन् १६८७ सालमा बनेको तीनतल्ले भाइदेगः मन्दिर १९३४को भुइँचालोले भत्केको थियो । विगतका दिनहरुमा यसको संरक्षणका लागि कसैको ध्यान पुग्न सकेको थिएन । यसको पुनर्निर्माणको लागि सन् २०११ मा काठमाडौंका केही उत्साही नागरिकहरुले सांस्कृतिक सम्पदा संरक्षण समूह गठन गरे  । यस समूहका संस्थापक अध्यक्ष सत्यमोहन जोशी, अध्यक्ष… विस्तृत समाचार

वामदेवले देखेको सपना

श्याम रिमाल । विकास र  समृद्धिको उदाहरण दिँदा हामीकहाँ दक्षिण कोरियाका पार्क चुङ– ही, मलेसियाका महाथीर मोहम्मद, सिङ्गापुरका लि क्वान यु, चीनका सी चिनपिङ र  भारतका नरेन्द्र मोदीको उदाहरण दिइन्छ । नेपालकै हाराहारीमा नयाँ राजनीतिमा प्रवेश गरेका चीन र भारत विश्वका शक्तिशाली राष्ट्रमा गनिन पुगेका छन् र संसारमा तिनको चर्चा भइरहन्छ । त्रियासी हजार मेगावाट विद्युत् उत्पादन गर्ने सक्ने जलस्रोत, सबै मौसम र तापक्रम भएको… विस्तृत समाचार

तन्नेरीहरुका नाथ अर्थात् रामनाथ

श्याम रिमाल ।  ‘पर्दा कालो थियो च्याति उज्यालो बत्ती बाल्दथ्यो  हाम्रो दुश्मनको घेरा तोडी हुँकार गर्दथ्यो  झुक्थेन कहिल्यै शीर हप्कीदप्की खपीरह्यो मण्डले भिजिलान्ते थे त्यसका माझ लडिरह्यो ’(नन्दीकेशर ढकाल) गोरो, अग्लो, फुर्तिलो, आकर्षक, हट्टाकट्टा र खाइलाग्दो जीउ—टाढैबाट चिनिने । हँसिलो, जोशिलो, आँटिलो  र फरासिलो ।  फिल्मको हिरो जस्ता अझ भनौँ खेलाडी नै हुन् जस्ता । सधैँ चिटिक्क पर्ने ।  मण्डलेले कतिपटक ‘राम’धुलाइ गरे, अपहरण गरे,… विस्तृत समाचार

​ प्रचण्ड रिसोर्टमा, पार्टी एकता अन्योलमा

काठमाडौं, २ बैशाख। पार्टी एकता घोषणाको मिति नजिकिदै गर्दा नेकपा(एमाले) र माओवादी केन्द्रबीच बैठक पातलिदै गएको छ। आइतबार बस्ने भनिएको बैठक पनि रद्द भएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आइतबार बैठक तय भएको थियो। तर, प्रचण्ड ओलीलाई जानकारी नै नदिई सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टमा पुगेका छन्। बैठक नै रद्द गरी प्रचण्ड उता जानुलाई कतिपयले शंकाको दृष्टिले हेरेका छन्।  प्रचण्डले पछिल्लो समयमा बराबरीको… विस्तृत समाचार

​नयाँ मोडमा नेपाल–भारत सम्बन्ध

रवीन्द्र श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको  भारत भ्रमणको क्रममा भएका सम्वाद र सहमतिहरु तथा वहसहरुले नेपाल र भारत विचको सम्वन्ध नयाँ मोडमा पुगेको संकेत गरेको छ । अब यस नयाँ सम्वन्धको परिक्षण शुरु भएको छ ।  यसपटकको भ्रमणमा नेपालको संविधानका वारेमा कुरा नउठ्नुले भारत नयाँ ढंगले सम्वन्ध विकास गर्न चाहेको संकेत गर्दछ । परराष्ट्र नीतिमा सधैं एउटै विषय मात्र अगाडि रहने हुँदैन, कहिले कुनै… विस्तृत समाचार

न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानुन ल्याउँछु : कानूनमन्त्री तामाङ

काठमाडौं, ९ चैत्र । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्नको लागि आफूले तत्काल न्यायपरिषद ऐन संशोधन गर्ने स्पष्ट पारेका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङ्ले भने, ‘यसको लागि नयाँ कानून ल्याउन आवश्यक छैन, न्याय परिषद ऐनकै एउटा दफा संशोधन गरे पुग्छ, अहिलेसम्म न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था थिएन्, अब सम्पत्ति अनिवार्य रुपमा… विस्तृत समाचार

विमल मगरको नयाँ शैलीको म्युजिक भिडियो- 'पारि गाउँको फूल'

काठमाडौं, १६ पुस । हङकङमा जन्मिएका उदीयमान पप गायक विमल मगरको नयाँ शैलीको गीत 'पारि गाउँको फूल' सार्वजनिक भएको छ । सधैं फरक शैलीको गीत पस्कने गरेका विमलले यसपटक झनै नयाँ शैलीको गीत पस्केका छन् । ४/५ सय वर्ष अगाडिको परिवेशलाई कथानकरुपमा प्रस्तुत गरिएको यो गीतमा लोकभाका र पप शैलीलाई फ्युजन गरिएको छ ।यो संगीत रेकर्ड गर्न ५ महिना लागेको थियो । म्युजिक भिडियोको मुख्य भाग… विस्तृत समाचार

​चित्रकलामा जरा कला

– प्रा.डा. सावित्री कक्षपती नेपाली चित्रकलामा एउटा नौलो आयाम देखिएको छ । क्यानभासको सीमाभित्र रंग र रेखाको माध्यमबाट सिर्जना हुने कला, प्रस्तर वा ढुंगामा हथौडा र छिनोले कोरिएका सिर्जनाको आआफ्नै महत्व रहको देखिन्छ । काठको झ्यालढोका र फर्निचरमा कुँदिने कलाको स्थान पनि आफ्नै ठाउँमा रहेको छ । तर जरा कला अहिले नितान्त नयाँ प्रयोग भएर दर्शकका अगाडि उभिन आइपुगेको छ ।  एउटा व्यक्ति प्रायः रुखको… विस्तृत समाचार

​छापामारलाई बयान

–सचित राई जसरी साँझ छिप्पिँदै गयो त्यसरी नै गोधुलि साँझ ढल्दै थियो, बाटो अँधेरीले छोप्दै थियो । त्यही भएर २०६० साल कात्तिक महिनाको अन्तिम साताको एक साँझ पाँचथरको रवि बजार पुगेपछि घर (बाँझो–६ नागी, इलाम) पुग्ने हतारो निकै बढेको थियो । तर, रवि बजार कटेलगत्तै आउने देउराली उकालोले थकाइ लगाएरै छाड्यो । इलामबाट पाँचथरको सीमावर्ती क्षेत्र राँके, घुर्बिसे पञ्चमी, सप्तमी, रवि हुँदै घर जाँदा अन्तिम–अन्तिममा… विस्तृत समाचार