अमेरिका

कागजविहीन आप्रवासी अमेरिकाबाट धपाइने

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति सार्वजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिक रूपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासनसम्बन्धी सर्वाेच्च निकाय… विस्तृत समाचार

​रविना थापाद्वारा एनआरएन एनसीसी अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा

अमेरिका, २१ फ्रेबुअरी अमेरिकाको बाल्टिमोरमा बसेर व्यवसाय र समाजसेवामा सक्रिय रविना थापाले एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । आफ्नो नेतृत्वमा एनआरएन एनसीसी अमेरिकालाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी बनाउने बाचा  उनको छ ।     गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकाल २०१७–२०१९ का लागि हुने निर्वाचनमा वर्तमान उपाध्यक्ष थापाले अध्यक्ष पदका… विस्तृत समाचार

शरणार्थी्विरुद्ध ट्रम्पको कठोर निर्णय

काठमाडौं, १६ माघ । निर्वाचनअघि नै पटक–पटक आप्रवासी मुस्लिमलाई मुलुकबाट बाहिर लखेट्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अन्ततः त्यस्तै निर्णय गरेर छाडेका छन् । आफ्नो कट्टरताको प्रारम्भस्वरूप उनले संसारभरबाट अमेरिका छिर्ने शरणार्थीलाई १ सय २० दिन प्रतिबन्ध लगाए । कान्तिपुर दैनिकमा खबर छ ।  ट्रम्पले मुख्यगरी सिरियाली शरणार्थीलाई अमेरिकाका लागि ढोका बन्द गरे । उनले प्रारम्भिक रूपमा मुस्लिम बाहुल्य मुलुकका जनतालाई अमेरिका आउनसमेत… विस्तृत समाचार

खुला बजारलाई ट्रम्पको धक्का

काठमाडौं, १३ माघ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्रा्ष्ट्रिय व्यापारसम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठूलो धक्का दिएको छ । धेरैले अनुमान गरेविपरीत निर्वा्चित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरूप नै ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हट्ने निर्णय लिएका छन् । कान्तिपुर दैनिकमा खबर छ । त्यति मात्र होइन, अब उत्तर अमेरिकी स्वतन्त्र व्यापार… विस्तृत समाचार

ट्रम्पले ज्वाइँलाई नै मुख्य सल्लाहकार बनाउँदै

काठमाडौं, २६ पुस । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्वाइँ ३५ वर्षीय जेयर्ड कुसनेरलाई एक वरिष्ठ सल्लाहकारमा नाम सिफारिस गरेका छन् । उनले राष्ट्रपतीय निर्वाचन अभियानमा मुख्य भूमिका निर्वाह गरेका थिए । ह्वाइट हाउसबाट अब उनको काम आन्तरिक तथा बाह्य दुवै नीति निर्माण हुने बीबीसीले जनाएको छ । उनले इभान्का ट्रम्पसँग विवाह गरेका हुन् ।  विस्तृत समाचार

अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

काठमाडौं, ४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन् ।  उक्त ऐन लागू भएपछि नेपालले गलैंचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबाट अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा गरिएको छ । उक्त… विस्तृत समाचार

ह्याकिङको आशंका, पुनः मतगणनाको माग

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपतिको निर्वाचन सकिएको करिब तीन साता बितिसक्दा पनि यसको चर्चा अझै सेलाएको छैन । भोटिङ मेसिन ह्याकिङको आशंकामा ग्रिन पार्टीकी राष्ट्रपति उम्मेदवार जिल स्टेनले विस्कोन्सिन, मिचिगन र पेन्सिलभेनिया राज्यमा पुनः मतगणना गर्नुपर्ने माग गरेसँगै यसको चर्चा थप चुलिएको छ । गोरखापत्र दैनिकमा खबर छ । नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा अनपेक्षित परिणाम निकाल्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले २९० इलेक्ट्रोरल… विस्तृत समाचार

क्यास्ट्रो 'क्रूर तानाशाह' थिए भन्छन् ट्रम्प

काठमाडौं, १२ मसिर । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोलाई ‘क्रूर तानाशाह’को संज्ञा दिएका छन् । ९० वर्षको उमेरमा निधन भएका क्यास्ट्रोप्रति ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । विस्तृत समाचार

कोलम्बियामा पुनः शान्ति सम्झौता

काठमाडौं, १० मंसिर । कोलम्बिया सरकार र उक्त मुलुककै ठूलो विद्रोही समूह फार्कबीच पुनः शान्ति सम्झौता भएको छ । अघिल्लो सम्झौता अक्टोबर २ तारिखमा कोलम्बियाली जनताको लोकप्रिय भोटबाट अस्वीकृत भएको थियो । यससँगै पाँच दशको सशस्त्र द्वन्द्व अन्त्य हुने अपेक्षा गरिएको बीबीसीले जानकारी दिएको छ । उक्त अवधिमा २ लाख ६० हजारभन्दा बढी व्यक्ति मारिएका थिए भने लाखौं विस्थापित भएका थिए ।  विस्तृत समाचार

​ट्रम्प प्रशासनका लागि पहिलो पटक दुई महिला

काठमाडौं, ९ मंसिर । अ‍ेमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि पहिलो पटक दुई महिला नियुक्त गरेका छन् । दक्षिण क्यारोलिनाकी गभर्नर निक्की ह्याली संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत र बेट्सी डेभोस शिक्षा सेक्रेटरी नियुक्त भएका हुन् । विस्तृत समाचार