अमेरिका

क्यास्ट्रो 'क्रूर तानाशाह' थिए भन्छन् ट्रम्प

काठमाडौं, १२ मसिर । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोलाई ‘क्रूर तानाशाह’को संज्ञा दिएका छन् । ९० वर्षको उमेरमा निधन भएका क्यास्ट्रोप्रति ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । विस्तृत समाचार

कोलम्बियामा पुनः शान्ति सम्झौता

काठमाडौं, १० मंसिर । कोलम्बिया सरकार र उक्त मुलुककै ठूलो विद्रोही समूह फार्कबीच पुनः शान्ति सम्झौता भएको छ । अघिल्लो सम्झौता अक्टोबर २ तारिखमा कोलम्बियाली जनताको लोकप्रिय भोटबाट अस्वीकृत भएको थियो । यससँगै पाँच दशको सशस्त्र द्वन्द्व अन्त्य हुने अपेक्षा गरिएको बीबीसीले जानकारी दिएको छ । उक्त अवधिमा २ लाख ६० हजारभन्दा बढी व्यक्ति मारिएका थिए भने लाखौं विस्थापित भएका थिए ।  विस्तृत समाचार

​ट्रम्प प्रशासनका लागि पहिलो पटक दुई महिला

काठमाडौं, ९ मंसिर । अ‍ेमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि पहिलो पटक दुई महिला नियुक्त गरेका छन् । दक्षिण क्यारोलिनाकी गभर्नर निक्की ह्याली संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत र बेट्सी डेभोस शिक्षा सेक्रेटरी नियुक्त भएका हुन् । विस्तृत समाचार

टीपीपी व्यापार सम्झौता त्याग्ने ट्रम्पको घोषणा

काठमाडौं, ७ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स–प्यासिफिक पार्टनरसिप ट्रेड डिल (टीपीपी) त्याग्ने घोषणा गरेका छन् ।  ह्वाइट हाउसमा प्रवेशको पहिलो दिन उक्त सम्झौता त्याग्ने उनको भनाइ छ । उनले भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । टीपीपी व्यापार सम्झौतामा १२ मुलुकले हस्ताक्षर गरेका छन्, जसले विश्व अर्थतन्त्रमा ४० प्रतिशत ठाउँ ओगट्छ । विस्तृत समाचार

​ट्रम्पको विजय र असफल सर्वेक्षण

५३ प्रतिशत महिलाले हिलारी छाडी, ट्रम्पलाई मत दिए वासिङ्टन (अमेरिका), ३ मंसिर । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित व्यक्तित्व डोनाल्ड ट्रम्पले अधिकांश व्यक्ति तथा संस्थाको अनुमान मतदान सर्वेक्षणविपरीत नतिजा ल्याउन सफल भए भन्ने विषयमा अमेरिकी राजनीतिका जानकार, विज्ञ तथा मत सर्वेक्षकले मूल्यांकन सुरु गरेका छन् ।  अमेरिकी निर्वाचनका समयमा भएको मत सर्वेक्षणले सही अनुमान गर्न नसक्दा निर्वाचनको परिणाम जति बेला घोषणा… विस्तृत समाचार

​ट्रम्पले प्रिबुस र ब्याननलाई मुख्य भूमिका दिए

काठमाडौं, २९ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ टिमका लागि रिपब्लिक पार्टीका अधिकारी र कन्सजर्भेटिभ मिडिया चिफलाई मुख्य भूमिकामा लिएका छन् । बीबीसीका अनुसार रिपब्लिक नेसनल कमिटी (आरएनसी)का अध्यक्ष रेइन्स प्रिबुस ट्रम्पको स्टाफ प्रमुख हुनेछन् । कन्जर्भेटिभ ब्रेइटबार्ट न्युज नेटवर्कका स्टेफेन ब्यानन ट्रम्पको मुख्य रणनीतिकार रहने भएका छन् । विस्तृत समाचार

हिलारीको हारमा को जिम्मेवार ?

काठमाडौं, २८ कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा आफ्नो हारमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले संघीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक दोषी रहेको बताएकी छन् । एफबीआईका निर्देशक जेम्स कुमीले इमेल प्रकरणको अनुसन्धान गर्ने बताउँदा निर्वाचन प्रचार अभियानमा धक्का लागेको हिलारीको भनाइ छ । आफू विदेशमन्त्री हुँदा हिलारीले निजी सर्भरमार्फत इमेल पठाएको आरोप लागेको थियो । यद्यपि, निर्वाचन अभियानको अन्तिम समयमा एफबीआईले उनलाई सफाइ दिएको थियो । … विस्तृत समाचार

ओबामा–ट्रम्प भेटका यी तस्बिर

काठमाडौं, २६ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसको ओभल अफिसमा भेट गरेका छन् । ट्रम्पले संक्रमणकालीन वार्ताका लागि ओबामासँग भएको भेटलाई ‘ठूलो सम्मान’ भनेका छन् । ओबामाले वार्ताले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । निर्वाचन अभियानका क्रममा दुवै जना एकअर्काविरुद्ध देखिएका थिए ।    विस्तृत समाचार

हिलारीका समर्थकमा रुवाबासी

काठमाडौं, २४ कात्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा मतगणनामा डेमोक्रेट उम्मेदवार पछि पर्दा उनका समर्थकमा रुवाबासी मच्चिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन उम्मेदरवार डोनाल्ड ट्रम्प धेरै अगाडि गएका छन् । विस्तृत समाचार

अमेरिकी निर्वाचन परिणाम : ट्रम्प जित उन्मुख

काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जितनजिक पुगेका छन् । यद्यपि, उनका निकटतम प्रतिद्वन्द्वी डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनको विजयको बाटो अन्त्य नभइसकेको बीबीसीले जनाएको छ ।  ....... नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनलाई फेरि उछिनेका छन् । २४४ इलेक्टोरल मत ल्याएर ट्रम्प अगाडि भएका छन् । हिलारीको… विस्तृत समाचार