अमेरिका

​अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वासिंगन, १४ जेठ (एएफपी) । केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारी गर्न उनीहरु त्यहाँ पुगेको बताइएको छ ।  आउँदो १२ जुनमा सिंगापुरमा हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएको जनाइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले… विस्तृत समाचार

किमलाई ट्रम्पको आग्रह : ‘यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला’

वािसंगटन, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । यससँगै विश्व राजनीतिकमा ीक किसिमको तरंग फैलिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एकतर्फी वार्ता स्थगित गरेको सुचना सार्वजनिक गरेका थिए । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।  आउँदो १२… विस्तृत समाचार

​किम उनको बक्तव्यले अमेरिकी राष्ट्रपति ट्रम्पको मन दुख्दा वार्ता रद्द

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीच आगामी जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको उच्चस्तरीय वार्ता अमेरिकाले एकतर्फी रुपमा भंग गरेपछि संसारभर चर्चा र बहस चलिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाले आफूमाथि बक्तव्यमार्फत दुव्यवहार गरेको सन्दर्भ उठाएर पत्र लेख्दै सिंगापुरमा हुने भनिएको वार्ता स्थगन भएको उल्लेख गरेका छन् । साथै राष्ट्रपति ट्रम्पले पत्र मार्फत उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको बक्तव्यले आफ्नो हृदयमा… विस्तृत समाचार

​उत्तर कोरिया–अमेरिका शिखर बैठक अन्यौल

वासिंगटन, ९ जेठ (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा हुने भनिएको शिखर बैठक सर्न सक्ने बताएका छन् ।  उक्त बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गर्दै उनले भने, ‘उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्छ ।’ राष्ट्रपति ट्रम्पले बैठक नै नबस्ने चाहिँ मनशाय नभएको… विस्तृत समाचार

पाकिस्तानमा तातो हावा, ६५ को मृत्यु

इस्लामाबाद, ८ जेठ (सिन्ह्वा) । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा तातो हावाका कारण तीन दिनयता कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।  कराँचीमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तीन दिनयता कराँचीको कोरांगी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि… विस्तृत समाचार

अमेरिकाद्वारा इरानमाथि पुन प्रतिबन्धको घोषणा

वासिंगटन, ८ जेठ (एजेन्सी) अमेरिकाले इरानमाथि पुन प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाले पुराना प्रतिबन्धलाई पुनः दोहा¥याएको हो । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेका थिए ।  तर, हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताएको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालैमात्र अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता रद्द… विस्तृत समाचार

​स्पेनको मैड्रिडमा नेपाली दूताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलका नेपालीबासीलाई सहज

पोर्चुगल । मैड्रिडस्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ ।  पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ ।  पेरिसको नेपाली दूतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास… विस्तृत समाचार

​ह्यारी–मेगनले कसे लगनगाँठो (फोटोफिचर)

लण्डन, ५ बैशाख (एजेन्सी) । बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल शनिबार बैवाहिक जीवनमा बाँधिएका छन् । बेलायतको राजधानी लन्डनभन्दा करिब ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको समारोहमा उनीहरुले जीवनभर खुसी रहने कसम खाँदै औंठी साटेका थिए । राजकुमार ह्यारीलाई महारानी एलिजाबेथले ‘ड्युक अफ ससेक्स’ उपाधि दिएकी छन् । बिवाहपछि मार्कल ‘डचेज अफ ससेक्स’ बनेकी छन् । भव्य शाही विवाह समारोहमा एक लाखभन्दा… विस्तृत समाचार

​जहाज दुर्घटनापछि क्यूबा शोकमा, ११३ को निधन

हवाना,  क्युबामा स्थानीय समय अनुसार शुक्रबार साँझ भएको जहाज दुर्घटनामा ११३ जनाको निधन भएको छ । घट्नामा तीन जनाको जीवितै उद्धार गरिएको भएपनि उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएका छ ।  फिडेल क्यास्ट्रोको देश क्युबाको राजधानी हवाना जोसेमार्टी अन्तर्राष्ट्रिय विमानबाट क्युबाकै हुल्गिन फ्रैंक प्यैसका लागि उडेको जहाज उडान भरे लगत्तै दुर्घट्नामा परेको हो ।  मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली रहेका छन्… विस्तृत समाचार

​यिनी हुन् ‘सिआईए’का पहिलो महिला निर्देशक

वासिंगटन, ४ जेठ (एएफपी) । अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलोपटक महिला निर्देशक नियुक्ति गरिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गरेका थिए ।  उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएकी हुन् ।  उनी सिआइएकै कर्मचारी हुन् । सन् २००१ को… विस्तृत समाचार