अमेरिका

८५८ आप्रवासीलाई भूलवश नागरिकता

वासिङ्टन (अमेरिका), ४ असोज । अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई ‘भूलवश’ नागरिकता प्रदान गरिन पुगेको अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले जनाएकोे छ ।  यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएकाहरुसमेत परेको बताइएको छ । नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्स्पेक्टर जनरल रोथका संपरीक्षकले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती… विस्तृत समाचार

‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् ।  ‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । … विस्तृत समाचार

५२ वर्षपछि शान्तिपूर्ण बाटोमा फार्क विद्रोही

काठमाडौं, १३ भदौ । कोलम्बियाको मुख्य वामपन्थी विद्रोही समूह द फार्कले युद्धबिराम घोषणा गरेको छ । माक्र्सवाद–लेनिनवाद सिद्धान्तमा विश्वास राख्ने फार्कले लडाकुलाई युद्धबिरामको निरीक्षण गर्न पनि निर्देशन दिएको बीबीसीले जनाएको छ ।  यो कदमले ५२ वर्ष पुरानो युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ । क्युबामा चार वर्ष शान्ति वार्ता भएपछि यो सम्भव भएको जनाइएको छ । निर्णायक शान्ति सम्झौतामा केही साताभित्रै हस्ताक्षर हुने उल्लेख छ… विस्तृत समाचार

पवन कार्कीलाई फर्काउन मिल्दैन : अमेरिका

क्यापिटल मर्चेन्ट ठगी प्रकरण काठमाडौं, १२ भदौ । सर्वसाधारणको सवा अर्ब रुपैयाँ हिनामिना गरी अमेरिका पुगेका क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्कीलाई फर्काउन अमेरिकी सरकारले अस्वीकार गरेको छ । कारोबार दैनिकमा खबर छ ।  अमेरिकाले कार्कीविरुद्ध आफ्नै कानुनअनुसार मुद्दा चलाउन सकिने विकल्प रहेको भन्दै उनलाई फर्काउन अस्वीकार गरेको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । कार्की बैंकिङ कसुर अभियोगमा पुनरावेदन अदालत… विस्तृत समाचार

हङकङमा गरगहना बेचेरै धानेको व्यवसाय

काठमाडौं, ६ भदौ । आईडीका आधारमा हङकङ छिर्दा उनीसँग ठूलो महत्वाकांक्षा थिएन । हङकङ पुग्ने अनि रोजगारी गरेर केही आर्थिक उपार्जन गर्ने ध्येय मात्र थियो उनीसँग । उनी अर्थात् सारा राई हङकङ पुगेको दुई दशकको अवधिमा सफल व्यवसायीका रूपमा स्थापित भएकी छन् । मोरङ बोराबाँधकी सारा सन् १९९६ मा हङकङ पुग्दा उनीजस्तै रहर पालेका ब्रिटिस गोर्खा आर्मीका धेरै सन्तान हङकङमा जम्मा भइसकेका थिए । कतिपयले… विस्तृत समाचार

​एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकामा

अमेरिका (क्यालिफोर्निया), २४ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन भएको छ ।  नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलन नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । यसअघि क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापकोटा तथा सदस्यहरूमा नवराज गुरुङ, रतनकुमार झा, खगेन्द्र… विस्तृत समाचार

​‘जहाँ भए पनि नेपालीलाई विकास साझेदार बनाऔं’

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता गगन थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।  अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेता थापाले यस्तो बताएका हुन् । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै… विस्तृत समाचार

डा. कार्की मेरिल्याण्डकाे दक्षिण एसियाली मामिला आयुक्तमा नियुक्त

बाल्टिमोरकाे नेपाली डायस्पाेराका अग्रज डा. श्याम कार्की मेरिल्याण्ड राज्यका लागि दक्षिण एसियाली मामिला आयुक्त नियुक्त भएका छन्|उनलाइ मेरिल्याण्ड राज्यका गभर्नर लारी होगनले नियुक्त गरेका हुन् | डा. कार्कीले अाफ्नाे फेसबुक वालमा एक स्टाटस लेख्दै अाफ्नाे नियुक्तिकाे पुष्टि गरेका छन् । Dear Friends, I want to share good news with you. Just now I received a call from Maryland Governor’s office informing that he has appointed… विस्तृत समाचार

न्युयाेर्कमा गुञ्जियाे, ‘बुद्धम शरणम् गच्छामी’

न्ययाेर्क, २१ मे । बाैद्धधर्मका प्रवर्तक भगवान गाैतम बुद्धकाे २५६०अाै बुद्धजयन्ती नेपालीहरूकाे घना अावादी भएकाे ज्याक्सनहाइट्समा मनाइएकाे छ । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसएले डाइभर्सिटीप्लाजामा अायाेजना गरेकाे अाैपचारिक समाराेहमा वाैद्ध अनुयायी मात्र हैन, सबै धर्मावलम्वी नेपालीहरू सहभागी भएर बुद्धम शरणम् गच्छामी गुञ्जाए । ज्याक्सन हाइट्सस्थित शेर्पा गाेन्पामा दिउँसाे १ बजेदेखि २.३० बजेसम्म पूजा अाराधना र  २.३० देखि ३ बजेसम्म प्रवचन अायाेजना गरिएकाे थियाे… विस्तृत समाचार

यस्ताे पाे न्यायः कहिले हाेला नेपालमा ?

शैलेस श्रेष्ठ  । न्युजर्जी, अमेरिका । लहरा तान्दा पहरा गर्जन्छ भनेझैं अहिलेसम्म बचेका अर्का सेता हात्ती न्युयोर्क राज्यका गभर्नर आनड्रु क्योमो हुन् । तर, उनी पनि ढिलाे तर दुरूस्तै छानबिनमा तानिएका छन् | यी घटनाहरुले अल्बनीको करप्ट कल्चरको पुरानो छविको पुनरावृत्ति गरिदिएको छ | 13164401_10209895748328579_4147054691626883413_n अमेरिकाकै दोश्रो भ्रष्टाचारको केन्द्र अनि राजधानी भनेर जानिने न्युयोर्क राज्यको अल्बानिका तीन शक्तिशाली सेता हात्तिमध्यका एक हुन्, पुर्व एसेम्बली स्पिकर… विस्तृत समाचार