अमेरिका

न्युयाेर्कमा गुञ्जियाे, ‘बुद्धम शरणम् गच्छामी’

न्ययाेर्क, २१ मे । बाैद्धधर्मका प्रवर्तक भगवान गाैतम बुद्धकाे २५६०अाै बुद्धजयन्ती नेपालीहरूकाे घना अावादी भएकाे ज्याक्सनहाइट्समा मनाइएकाे छ । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसएले डाइभर्सिटीप्लाजामा अायाेजना गरेकाे अाैपचारिक समाराेहमा वाैद्ध अनुयायी मात्र हैन, सबै धर्मावलम्वी नेपालीहरू सहभागी भएर बुद्धम शरणम् गच्छामी गुञ्जाए । ज्याक्सन हाइट्सस्थित शेर्पा गाेन्पामा दिउँसाे १ बजेदेखि २.३० बजेसम्म पूजा अाराधना र  २.३० देखि ३ बजेसम्म प्रवचन अायाेजना गरिएकाे थियाे… विस्तृत समाचार

यस्ताे पाे न्यायः कहिले हाेला नेपालमा ?

शैलेस श्रेष्ठ  । न्युजर्जी, अमेरिका । लहरा तान्दा पहरा गर्जन्छ भनेझैं अहिलेसम्म बचेका अर्का सेता हात्ती न्युयोर्क राज्यका गभर्नर आनड्रु क्योमो हुन् । तर, उनी पनि ढिलाे तर दुरूस्तै छानबिनमा तानिएका छन् | यी घटनाहरुले अल्बनीको करप्ट कल्चरको पुरानो छविको पुनरावृत्ति गरिदिएको छ | 13164401_10209895748328579_4147054691626883413_n अमेरिकाकै दोश्रो भ्रष्टाचारको केन्द्र अनि राजधानी भनेर जानिने न्युयोर्क राज्यको अल्बानिका तीन शक्तिशाली सेता हात्तिमध्यका एक हुन्, पुर्व एसेम्बली स्पिकर… विस्तृत समाचार

अमेरिकामा जग हसाउँदै कांग्रेसीहरू

न्युयाेर्क, २१ चैत । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा चुलिएकाे विवादले जग हसाउने काम गरेकाे छ । एकता महाधिवेसनका नाममा ड्यालसमा भएकाे निर्वाचनकाे म्यान्डेट विपरित वरिष्ठ समापति धनञ्जयनरसिंह केसीसहितका केही पदाधिकारीले देखाएकाे नाैटंकीका कारण संस्थामात्र विवादित हुन पुगेकाे छैन, कांग्रेसका शुभचिन्तकहरूकाे मन पनि दुखाएकाे छ । विहीबार वरिष्ठ उपसभापति धनन्जयनरसिंह केसीसहितका केही पदाधिकारीहरुले सभापति विष्टमाथि नौ वटा आरोप लगाउँदै निलम्बन गरिएको र… विस्तृत समाचार

न्युयाेर्ककाे नेपाली डायस्पाेरामा अमेरिकी कूटनीतिज्ञ

न्युयाेर्क, २२ मार्च । पालका लागि अमेरिकी दुताबासको कार्यालय काठमाडाैंमा नियुक्त दुइ अमेरकी कूटनीतिज्ञ जेरेमी र कृशले अाफ्नाे कार्यक्षेत्र जानु पहिले नेपालीहरूकाे सघन बस्ती भएको न्युयोर्क, ज्याक्सन हाईट्स र आसपासका क्षेत्रकाे भ्रमण गरेका छन् । सञ्चारकर्मी प्रशान यलुङ राइका अनुसार क्लिष्ट, शुद्द र स्पष्ट नेपाली भाषा बोल्न सक्ने यी दुवैले कुटनीतिक जिम्मेवारी सम्हाल्न जानुपुर्व नेपाली भाषा, संस्कृति, रहनसहनलगायतका विषयमा जानकारी लिन न्युयाेर्क भ्रमण गरेका हुन्… विस्तृत समाचार

राष्ट्र संघका महासचिव मुनलाई निम्ताे दिन उपप्रधानमन्त्री र मन्त्री न्युयाेर्कमा

न्युयाेर्क, ४ चैत । नेपालका उपप्रधानमन्त्री र मन्त्री न्युयाेर्कस्थित संयुक्त राष्ट्र संघकाे मुख्यालयमै पुगेर महासचिव वान कि मुनलाई आगामी जेठ ६ र ७ गते काठमाडाैंमा आयोजना गरिने अन्तर्राष्ट्रिय वाैद्ध सम्मेलनकाे निम्ताे दिएका छन् । पर्यटन, संस्कृति एवं नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेल निम्ताे दिन अमेरिका पुगेका थिए । बीचैमा अर्काे निम्ताे लिएर महिला तथा समाज कल्याण मन्त्रालयकाे जिम्मा पाएका उपप्रधानमन्त्री सीपी मैनाली पनि न्युयाेर्क नै… विस्तृत समाचार