अमेरिका

​बाढीपछि गर्मी, तातो हावाले ३० को मृत्य

टोक्यो, (एएफपी) । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।  अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।  यो तापक्रम पाँचवर्ष यताकै… विस्तृत समाचार

​भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था

नयाँदिल्ली । भारतको माथिल्लो सदन राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एमभी नैडूले बताएका छन् ।  माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको जनाइएको छ ।  भारतको संसदमा फरक फरक भाषा प्रयोग… विस्तृत समाचार

​मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति एवं महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मंगलबार सम्बोधन गरेका छन् ।  उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका थिए । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ । यस वर्ष उनको १००औँ जन्मदिन हो । तर, मंगलबारको यस समारोह उनको १००औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ । … विस्तृत समाचार

​अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली समकक्षी पुटिनबीच भेटवार्ता हुदै

काठमाडौं (एजेन्सीहरु) । लामो समयदेखि कुटनीतिक शत्रुतापूर्ण व्यवहार गर्दै आएको अमेरिका र रसियाबीच आज शिखर वार्ता हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आईपुगेका छन भने रसियाली राष्ट्रपति पुटिन पनि त्यही पुग्दैछन ।  बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा… विस्तृत समाचार

​विरोधकाबीच बेलायतमा ट्रम्प

लण्डन, (एजेन्सी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायत पुगेका छन् । दुईदिने भ्रमण तालिका लिएर बेलायत पुगेका ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन् । ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा उनको यो पहिलोपटक बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ । दशौँ हजार प्रदर्शनकारीले उनको भ्रमणका विरुद्धमा प्रदर्शन… विस्तृत समाचार

​जापानमा बाढीबाट मर्ने १९९, वर्षा अझै रोकिएन

टोकियो (एजेन्सी) । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण १९९ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले बिहीबार सा जानकारी दिएको हो । मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।  अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति… विस्तृत समाचार

​अमेरिकी राष्ट्रपति ट्रम्प र जोनसन साथी–साथी

वासिंगटन, (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  बेलायतको विदेशमन्त्री बोरिस जोनसनबीच नजिकका साथी हुन् । सोमबार जोनसनले पदबाट र राजिनामा दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका हुन् ।  उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्वविदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने समेत बताएका छन् । ‘ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व बोरिस जोनसन मेरा साथी थिए ।… विस्तृत समाचार

​जापानमा वर्षाका कारण १०० को मृत्यु, प्रधानमन्त्रीको भ्रमण स्थगित

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा एक सय जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ ।  उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ… विस्तृत समाचार

​आतंकवादीसँग मिलेमतो आरोपमा टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

टर्की, (एएफपी) । टर्कीको सरकारले एकैसाथ करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ । समाचारमा जनाइएअनुसार सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो ।  बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ । जसमा… विस्तृत समाचार

​ट्रम्पको आप्रवासी निर्णयको विरोध जारी

वासिंगटन,  (एएफपी) । अमेरिकाका केही सहरमा हालै अमेरिकाले निर्णय गरेको आप्रवासीसम्बन्धी नीतिबारे विरोध गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका आप्रवासीसम्बन्धी नीतिबारे यहाँका विभिन्न सहरमा विरोध ¥यालीको आयोजना गरिएको छ ।  गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई अमेरिकाले उनीहरूका सन्तानबाट छुट्टै राख्ने भनी गरेको निर्णयको विरोध गर्दै ती प्रदर्शन भएका हुन् । राष्ट्रपति ट्रम्पको यस नीतिप्रति ती ¥यालीमा आक्रोश व्यक्त भएको बताइएको… विस्तृत समाचार