अमेरिका

​पुर्वप्रधानमन्त्रीकी पत्नीमाथि १७ आरोप

क्वालालमपुर, (एजेन्सी) । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक पूर्वप्रधानमन्त्री पत्नीमाथि विभिन्न शीर्षकमा भ्रष्टाचार आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिव रजाककी पत्नी रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले १७ वेटा आरोप लगाएको हो ।  पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरलाई करोडौँ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार उनले आरोपहरूको खण्डन गरेकी छन् । उनलाई लगाइएको आरोप… विस्तृत समाचार

​इरानमाथिको प्रतिबन्ध फुकुवा गर्न राष्ट्र संघीय अदालतको आदेश

नेदरल्यान्ड्स, (एजेन्सी) । संयुक्त राष्ट्रसंघको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई आदेश दिएको छ ।  राष्ट्रसंघ मातहतको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे)को आदेश कानुनी रुपमा बाध्यकारी हुन्छ, तर ट्रम्प प्रशासनले दशकौं अघि गरिएको एक सन्धिलाई नै खारेज गर्ने बताएको छ । इरानले त्यही सन्धिका आधारमा अमेरिकी प्रतिबन्धहरु बिरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । अमेरिकी विदेशमन्त्री… विस्तृत समाचार

आइएसआइएस समूह आपसी विवादमै ध्वस्त हुन्छ : अमेरिकी रक्षामन्त्री

 पेरिस, (एजेन्सी) । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले स्लामिक स्टेट (आइएस) जिहादी समूह आपसी विवादमै ध्वस्त भइरहेको बताएका छन् । अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको सिरियामा हुने कारबाहीमा कडा संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै म्याटिसले मंगलबार भने, ‘आइएसआइएस समूहहरू एक आपसमा विवादित बनेर पनि ध्वस्त भइरहेका छन् ।’ गठबन्धनले बाँकी कामलाई फत्ते गर्ने बताउँदै अब उनीहरूको झण्डै दुई प्रतिशत भूभागमा मात्रै नियन्त्रण रहेको बताए । चारबर्ष पहिले… विस्तृत समाचार

जापानमा शक्तिशाली आँधी, ५० घाइते, जनजीवन प्रभावित

कागोसिमा, (एजेन्सी) । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।  ‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य… विस्तृत समाचार

​अमेरिकी नयाँ रणनीति : चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी

सिड्नी, (एजेन्सी) । विश्व अर्थतन्त्रमा उदाउँदो एसियाली मुलुक चीनसँग संयुक्तराज्य अमेरिका कतिसम्म त्रसित भइरहेको छ भन्ने पछिल्लो उनको कदमले पुष्टि गर्छ । चीनको बढ्दो आर्थिक दबदबालाई नियन्त्रण गर्न अमेरिकाले नयाँ–नयाँ रणनीति र प्रस्तावहरु ल्याइरहेको छ । अमेरिकाले हालैमात्र चिनियाँ उत्पादन सामग्रीमाथि २०० अर्ब डलर कर बढाएका थिए ।  यस्तै, पछिल्लो दिनमा अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी ‘पिएनजी’मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनियाँ… विस्तृत समाचार

​‘विकिलिक्स’को प्रधान सम्पादकमा ह्राफसोन नियुक्त

लन्डन, (एजेन्सी) । विश्व चर्चित अनलाइन पोर्टल विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् । अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने बताइएको छैन ।  विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेटमार्फत सार्वजनिक गरी विश्वचर्चित भएको विकिलिक्सका ४७ वर्षीय संस्थापक जुलियन असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासमा केही वर्षदेखि शरण लिएर बसेका छन् । विकिलिक्सले… विस्तृत समाचार

राष्ट्रसंघको महासभामा विश्व दुई धुव्रमा विभाजित, इरानको विषयमा अमेरिकाको टाउको दुखाइ

न्युयोर्क, (एजेन्सी) । संयुक्त राष्ट्रसङ्घको जारी ७३औं महासभामा आणविक विषयमा विश्व दुई धुव्रमा विभाजित दिएको छ । विशेषगरी इरानको आणविक कार्यक्रमको विषय चर्चामा आएको छ । जसले विश्व दुई ध्रुवमा बाँडिएको छ ।  राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको बैठक र त्यसलगत्तै बसेको सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै सिंगो खाडी क्षेत्रका… विस्तृत समाचार

​सिरियामा युद्ध फैल्याउन इरानले लगानी गर्दैछ : ट्रम्प

न्यूयोर्क, (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्न आग्रह गरेका छन् ।  संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औँ महासभालाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गर्दै यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाए । उनले यस्ता घृणित कार्य रोक्नका लागि… विस्तृत समाचार

​उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, (एजेन्सी) । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको छ । अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मंगलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले बताएका छन् । गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । अफगानिस्तानमा स्थगित… विस्तृत समाचार

डोनाल्ड ट्रम्पको कमाल : चिनियाँ समानमाथि २०० अर्ब डलर करवृद्धि, आजैबाट लागू

वासिंगटन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनिया सामानको आयातमा करवृद्धि गर्नेगरी घोषणा गरिएकामा त्यो सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।  योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा… विस्तृत समाचार