अमेरिका

​उत्तरपश्चिमी सिरियामा ३८ सर्वसाधारण मारिए

बेरुत, २५ जेठ (एएफपी) । उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् ।  बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार अवेर राति भएको उक्त कारबाहीमा परी पाँच बालबालिकासहित ३८ व्यक्तिले ज्यान गुमाएका छन् ।  आक्रमणबाट क्षतविक्षत भएको संरचनाको थुप्रोबाट थप शवहरु निकालिएको र घाइतेमध्ये केही थप व्यक्तिको मृत्यु भएपछि मृतकको संख््या ३८ पुगेको जनाइएको… विस्तृत समाचार

​अफगान राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

काबुल, २४ जेठ (एजेन्सी) । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अस्थायी युद्धविरामको घोषणा गरेका छन् । उनले इद अल फित्र पर्वलाई ध्यानमा राख्दै अफगानिस्तानभर अफगान सेनाले तालिबानविरुद्ध आक्रामक रोकिएको घोषणा बिहीबार गरेका हुन् ।  रमादान पर्वको क्रममा राष्ट्रपतिले घोषणा गरेको यस युद्धविराममा अफगानिस्तानको सरकारसँग युद्धरत तालिबान आतंककारीबाट भने कुनै प्रतिक्रिया आएको छैन ।  राष्ट्रपतिको आधिाकारिक ट्वीटकाअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरु हुने र जुन… विस्तृत समाचार

किमभन्दा पहिल्यै आज ट्रम्प–आबे भेट्दै

वासिंगटन, २४ जेठ (एजेन्सी) । अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ताअघि नै जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार (आज) अमेरिका जाँदैछन् ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लागेका हुन् । आउँदो १२ जुनमा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा शिखर वार्ता हुँदैछ । उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको… विस्तृत समाचार

​छिमेकी राष्ट्रहरुसँग कतारका विदेशमन्त्री थानीद्वारा वार्ता आह्वान

दोहा, २३ जेठ (एजेन्सी) । कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले कतार जहिले पनि छिमेकीसँग शान्तिपूर्ण रुपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान गरेका छन् ।  आफ्नो ट्वीटर अकाउन्टमा आफ्ना छिमेकी देशहरुसँग वार्ताको लागि कतारले जहिले पनि ढोका खुलै राखेको उनले बताएका छन् । उनले भनेका छन्, ‘हामी कहिल्यै वार्तालाई इन्कार गरेनौँ र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौँ ।’… विस्तृत समाचार

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

सोल, २१ जेठ (एजेन्सी) । अमेरिकासँगको वार्ता तयारी गरिरहेका उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको छ ।  यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि अमेरिकासँग वार्ताको तयारी गरिरहेकै बेला उत्तर कोरियाले सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई चासोपूर्ण रुपमा लिइएको छ ।  यस विषयमा दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने… विस्तृत समाचार

सीमा क्षेत्रमा दुई कोरियाबीच उच्चस्तरीय बैठक

सोल, १८ जेठ (एजेन्सी) । उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक बसेको छ । शुक्रबार दक्षिण कोरियाको सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बसेको हो । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो ।  उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो । उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण… विस्तृत समाचार

​पुटिन आलोचक एक पत्रकारको गोली हानी हत्या

किभ, १६ (एजेन्सी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचकका रुपमा पहिचान बनाएका एक  रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ । समाचारमा जनाइएअनुसार उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको हो । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए ।  राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के… विस्तृत समाचार

​अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वासिंगन, १४ जेठ (एएफपी) । केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारी गर्न उनीहरु त्यहाँ पुगेको बताइएको छ ।  आउँदो १२ जुनमा सिंगापुरमा हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएको जनाइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले… विस्तृत समाचार

किमलाई ट्रम्पको आग्रह : ‘यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला’

वािसंगटन, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । यससँगै विश्व राजनीतिकमा ीक किसिमको तरंग फैलिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एकतर्फी वार्ता स्थगित गरेको सुचना सार्वजनिक गरेका थिए । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।  आउँदो १२… विस्तृत समाचार

​किम उनको बक्तव्यले अमेरिकी राष्ट्रपति ट्रम्पको मन दुख्दा वार्ता रद्द

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीच आगामी जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको उच्चस्तरीय वार्ता अमेरिकाले एकतर्फी रुपमा भंग गरेपछि संसारभर चर्चा र बहस चलिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाले आफूमाथि बक्तव्यमार्फत दुव्यवहार गरेको सन्दर्भ उठाएर पत्र लेख्दै सिंगापुरमा हुने भनिएको वार्ता स्थगन भएको उल्लेख गरेका छन् । साथै राष्ट्रपति ट्रम्पले पत्र मार्फत उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको बक्तव्यले आफ्नो हृदयमा… विस्तृत समाचार