अमेरिका

​...त्यसपछि अमेरिकी राष्ट्रपति ट्रमले भने, ‘धन्यवाद किम जोङ उन’

सिओल, (एजेन्सी) । कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष शुक्रबार अमेरिकालाई फिर्ता गरिएको छ । ती अवशेष ल्याउन एक अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो । उक्त घटनालाई ह्वाउट हाउसले ‘सकारात्मक कदम’ भनेको छ ।  ‘यतिका वर्षपछि नै सही, धेरै आफन्तजनका लागि यो अपूर्व क्षण हो । धन्यवाद कीम जोङ उन’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् । ह्वाउट… विस्तृत समाचार

पाकिस्तानको राजनीतिमा पूर्वक्रिकेटर इमरानको उदय

इस्लामावाद, (एएफपी) । पूर्वक्रिकेटर इमरान खान पाकिस्तानी राजनीतिमा उदय भएका छन् । अहिलेको निर्वाचनमा खानको पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको छ । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी खानलाई फेरी एकपटक चर्चाको शिखरमा पु¥याएको छ ।  सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पु¥याएको हो… विस्तृत समाचार

​पाकिस्तानमा मतदान : आत्मघाती विस्फोटमा २८ को मृत्यु, ३५ भन्दा बढी घाइते

पाकिस्तान, (एएफपी)– पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा बुधबार आत्मघाती बम विस्फोट भएको छ । सो विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै ३५ धन्दा बढी घाइते भएका छन् ।  पाकिस्तानमा बुधबार (आज) जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।  मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको… विस्तृत समाचार

​प्रमुख देशका विदेशमन्त्रीहरूको दौडधुप 'अर्थपूर्ण' !

त्रिपोली, (एएफपी) । विश्वका प्रमुख देशका विदेश मन्त्रीहरू अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् । फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदै छन् । फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुगेको एएफपी समाचार संस्थाले जनाएको छ । लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुगेको जनाइएको छ । उनले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका… विस्तृत समाचार

​बाढीपछि गर्मी, तातो हावाले ३० को मृत्य

टोक्यो, (एएफपी) । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।  अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।  यो तापक्रम पाँचवर्ष यताकै… विस्तृत समाचार

​भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था

नयाँदिल्ली । भारतको माथिल्लो सदन राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एमभी नैडूले बताएका छन् ।  माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको जनाइएको छ ।  भारतको संसदमा फरक फरक भाषा प्रयोग… विस्तृत समाचार

​मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति एवं महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मंगलबार सम्बोधन गरेका छन् ।  उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका थिए । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ । यस वर्ष उनको १००औँ जन्मदिन हो । तर, मंगलबारको यस समारोह उनको १००औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ । … विस्तृत समाचार

​अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली समकक्षी पुटिनबीच भेटवार्ता हुदै

काठमाडौं (एजेन्सीहरु) । लामो समयदेखि कुटनीतिक शत्रुतापूर्ण व्यवहार गर्दै आएको अमेरिका र रसियाबीच आज शिखर वार्ता हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आईपुगेका छन भने रसियाली राष्ट्रपति पुटिन पनि त्यही पुग्दैछन ।  बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा… विस्तृत समाचार

​विरोधकाबीच बेलायतमा ट्रम्प

लण्डन, (एजेन्सी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायत पुगेका छन् । दुईदिने भ्रमण तालिका लिएर बेलायत पुगेका ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन् । ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा उनको यो पहिलोपटक बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ । दशौँ हजार प्रदर्शनकारीले उनको भ्रमणका विरुद्धमा प्रदर्शन… विस्तृत समाचार

​जापानमा बाढीबाट मर्ने १९९, वर्षा अझै रोकिएन

टोकियो (एजेन्सी) । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण १९९ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले बिहीबार सा जानकारी दिएको हो । मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।  अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति… विस्तृत समाचार