एसिया

​साउदीको जेलबाट नेपाली युवाको याचना

इलाम, ३ चैत । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् ।  दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिए । कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ… विस्तृत समाचार

इलाम समाजको अधिवेशनमा तीन कृति लोकार्पित

काठमाडौं, २४ फागुन । इलाम समाज हङकङको संयोजनमा प्रकाशित तीन कृतिको हङकङमा लोकार्पण गरिएको छ । समाजद्वारा प्रकाशित स्मारिका÷मुखपत्र ‘इलाम’, लेखक तथा पत्रकार सचित राईद्वारा लिखित खोजमूलक कृति ‘माङखिम’ र स्व. डिल्लीराम बाङदेलद्वारा लिखित काव्य कृति ‘म फूल हुँ’को लोकार्पण गरिएको हो ।  संस्थाकी उपाध्यक्ष दीपा एवाई राईका अनुसार हङकङको जोडनस्थित ‘नयाँ पेज’को कार्यालयमा समाजको पाँचौं अधिवेशन तथा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो ।… विस्तृत समाचार

मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन्ः ‘बाँच्ने आस म‍र्यो

काठमाडौं, १० फागुन । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस म‍रयो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक(पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आस मारेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा… विस्तृत समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २४ को मृत्यु

काठमाडौं, २२ मंसिर । इन्डोनेसियाको आचेह प्रान्तमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । दर्जनौं भवन ध्वस्त भएका छन् । स्थानीयवासी घरबाट भागेर खुला स्थानमा पुगेका छन् । त्यहाँको मौसमसम्बन्धी निकायले सुनामीको जोखिम भने नरहेको जनाएको छ । विस्तृत समाचार

प्रवासी नेपाली मञ्च जापानमा नयाँ नेतृत्व

काठमाडौं, १५ मंसिर । प्रवासी नेपाली मञ्च जापानको २० औ राष्ट्रिय अधिवेशन समपन्न भएको छ । नेकपा (एमाले) स्थायी समिति सदस्य एवम प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले हालै  जापानको टोकियोमा  उदघाटन गरेको अधिवेशनमा पार्टीको दक्षिण पूर्वी एसिया संयोजक पार्टी बैकल्पीक केन्द्रीय सदस्य राजन राईसमेत सहभागी थिए ।  अधिवेशनले आगामी दुई वर्षका लागि महेन्द्र श्रेष्ठको अध्यक्षतामा  २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।… विस्तृत समाचार

​जापानमा भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, ७ मंसिर । जापानको फुकुसिमानजिक मंगलबार बिहान ७.४ म्याग्नेच्युडको भूकम्पको गएको छ । यसबाट सम्भावित  सुनामीको चेतावनी दिइएको बीबीसीले जानकारी दिएको छ । स्थानीयवासी उच्च ठाउँको खोजीमा छन् भने केही घाइते भएको जनाइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजे भूकम्प गएको मेट्रोलजिकल एजेन्सीले जनाएको छ । विस्तृत समाचार

मलेसियामा नेपालीद्वारा ११४ विदेशीलाई नक्कली भिसा !

काठमाडौं, १० असोज । इस्लामिक स्टेट (आईएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले ११४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ ।  १४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत… विस्तृत समाचार

को हुन् मलेसियाबाट निकालिएका नेपाली ?

काठमाडौं, ७ असोज । अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आईएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । पक्राउ परी डिपोर्ट गरिएको भनिएका नेपाली नागरिकको नाम खुलाइएको छैन ।… विस्तृत समाचार

आगलागी हुँदा २३ को मृत्यु, ७० घाइते

काठमाडौं, २६ भदौ । बंगलादेशमा प्याकेजिङ कारखानामा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी ढाकाको उत्तरी टोङगीस्थित औद्योगिक प्रतिष्ठानमा भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । ७० जना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार उक्त समय मेसिन अपरेटर र सुरक्षा गार्ड गरी १०० जना कामदार थिए । विस्तृत समाचार

​फरक लाहुरे

उनी सिंगापुरे लाहुरेमा पहिलो लेखक रहेछन् । तर, आफूलाई लेखक ठान्दैनन् । ‘म आफूलाई लेखक हुँ भन्ने नै लाग्दैन,’ उनी भन्छन्, ‘भोगाइलाई किताबमा उतारेको मात्र हुँ ।’ –सचित राई काठमाडौं । पुग–नपुग १८ वर्षमा भर्ती । २७ वर्ष नोकरी । ४५ वर्षको उमेरमा अवकाश । त्यसपछि लेखन र अनुसन्धान ।  झट्ट सुन्दा कुनै लाहुरेको जीवन यात्राजस्तो । लेखन र अनुसन्धान भन्दा होइन कि जस्तो पनि… विस्तृत समाचार