एसिया

​जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल निर्वाचित

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति जापानको छैटौं अधिवेशनबाट सभापतिमा दण्डपाणि कँडेल (डीपी) निर्वाचित भएका छन् । सभापति कँडेलसहित २३ सदस्यीय जनसम्पर्क समिति निर्वाचित भएको घोषणा टोकियोमा गरिएको छ  । जनसम्पर्क समिति जापानको सन् २०१६/८ /२१ को निर्वाचन पश्चात् रोकिएको मतगणना कार्यक्रम २०१६/८/२८ तारिखमा टोकियोमा सम्पन्न गरिएको थियो । मतगणनामा कँडेल ३४६ मत ल्याई सभापतिमा बिजयी भएको निर्वाचन समिति सदस्य मुक्तिराम खनाल ‘विनोद’ ले जानकारी दिएका… विस्तृत समाचार

जापानमा शरणार्थी बन्न १८ सय नेपालीले निवेदन दिए

काठमाडौं, १२ भदौ । जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तंथ्याक सुनेर सुरुमा अचम्म परिन् । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो । नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन । उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी… विस्तृत समाचार

​श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार बेखबर

काठमाडौं, १२ भदौ । लागूपदार्थ कारोबार अभियोगमा वर्षौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध ब्युरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापा सन् २००९ मा पक्राउ परेका थिए । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा… विस्तृत समाचार

अफगानिस्तानमा नेपाली मूलका भारतीय खोजिँदै

काठमाडौं, १० भदौ । सरकारले अफगानिस्तानमा आतंककारी आक्रमणपछि कामदार पठाउन रोक लगाएपछि त्यहाँ नेपाली मूलका भारतीय श्रमिकको खोजी सुरु भएको छ । अफगानिस्तानमा काम गर्ने सुरक्षा गार्डको न्यूनतम मासिक तलब १ हजार १ सय डलर थियो । खासगरी नेपाल आर्मी, भारतीय सेना र ब्रिटिस आर्मीबाट अवकाश पाएका गोर्खाली सेनाले त्यहाँ काम गर्थे । उनीहरूले ११ महिना काम गर्दा १ महिनाको थप तलब सुविधा पाउँथे ।… विस्तृत समाचार

हङकङमा गरगहना बेचेरै धानेको व्यवसाय

काठमाडौं, ६ भदौ । आईडीका आधारमा हङकङ छिर्दा उनीसँग ठूलो महत्वाकांक्षा थिएन । हङकङ पुग्ने अनि रोजगारी गरेर केही आर्थिक उपार्जन गर्ने ध्येय मात्र थियो उनीसँग । उनी अर्थात् सारा राई हङकङ पुगेको दुई दशकको अवधिमा सफल व्यवसायीका रूपमा स्थापित भएकी छन् । मोरङ बोराबाँधकी सारा सन् १९९६ मा हङकङ पुग्दा उनीजस्तै रहर पालेका ब्रिटिस गोर्खा आर्मीका धेरै सन्तान हङकङमा जम्मा भइसकेका थिए । कतिपयले… विस्तृत समाचार

मृगौलापीडितलाई हङकङबाट सहयोग

काठमाडौं, ५ भदौ । इलाम समाज हङकङले मृगौलापीडित मानबहादुर राईको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ ।  दुवै मृगौला खराब भई उपचारका क्रममा रहेका इलाम नगरपालिका २ नारायणस्थानका राईका लागि समाजले ५५ हजार ८० रुपैयाँ सहयोग गरेको हो । राजधानीमा शनिबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष दीपा एवाई राई, सल्लाहकार गणेश पराजुलीले इलामेली समाज काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीलाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरे । सल्लाहकार पराजुलीले… विस्तृत समाचार

रियलमै धुम मच्चियो तामिलनाडुमा

काठमाण्डौं, साउन २६ ।  भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डांकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैया चोरेका छन् ।  रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैया सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाका समूहले रेलको छत काटेर बिच बाटोबाटै पांच करोड रुपैया चोरेर फरार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार… विस्तृत समाचार

सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट

काठमाडौं (एजेन्सीको सहयोग), २९ फागुन । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको खुलासा भएको छ । विद्रोहीसँग लड्नका लागि सेनालाई सहयोग गर्ने लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै १३ सय महिलाको बलात्कार भएको अनुसन्धानकर्ताले बताएका छन् । दक्षिणी… विस्तृत समाचार

अमेरिकी आक्रमणमा १५० सोमालियाली विद्रोही मारिए

एजेन्सी, २५ फागुन । अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना विद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा विद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका… विस्तृत समाचार

महिलाका लागी विमान अपहरण

एजेन्सी, १६ चैत । इजिप्टको अलेक्जेन्ड्रियाबाट अपहरणमा परेको इजिप्ट एअरको विमान एक महिलालाई भेट्ने चाहनाका कारण भएको बताइएको छ । आफु सँग अलग भएर साइप्रसमा बस्दै आएकी श्रीमतीलाई भेट्ने चाहनाले उनले त्यस्तो गरेको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अपहरणकारीसँग वार्ता भइरहेको र सम्झौताको प्रयास भएको बताइएको छ । कायरो जानु पर्ने विमान सो विमान उनकै चेतावनी पछि  साइप्रसमा अवतरण भएको छ । अधिकारीहरुका… विस्तृत समाचार