एसिया

रियलमै धुम मच्चियो तामिलनाडुमा

काठमाण्डौं, साउन २६ ।  भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डांकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैया चोरेका छन् ।  रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैया सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाका समूहले रेलको छत काटेर बिच बाटोबाटै पांच करोड रुपैया चोरेर फरार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार… विस्तृत समाचार

सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट

काठमाडौं (एजेन्सीको सहयोग), २९ फागुन । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको खुलासा भएको छ । विद्रोहीसँग लड्नका लागि सेनालाई सहयोग गर्ने लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै १३ सय महिलाको बलात्कार भएको अनुसन्धानकर्ताले बताएका छन् । दक्षिणी… विस्तृत समाचार

अमेरिकी आक्रमणमा १५० सोमालियाली विद्रोही मारिए

एजेन्सी, २५ फागुन । अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना विद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा विद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका… विस्तृत समाचार

महिलाका लागी विमान अपहरण

एजेन्सी, १६ चैत । इजिप्टको अलेक्जेन्ड्रियाबाट अपहरणमा परेको इजिप्ट एअरको विमान एक महिलालाई भेट्ने चाहनाका कारण भएको बताइएको छ । आफु सँग अलग भएर साइप्रसमा बस्दै आएकी श्रीमतीलाई भेट्ने चाहनाले उनले त्यस्तो गरेको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अपहरणकारीसँग वार्ता भइरहेको र सम्झौताको प्रयास भएको बताइएको छ । कायरो जानु पर्ने विमान सो विमान उनकै चेतावनी पछि  साइप्रसमा अवतरण भएको छ । अधिकारीहरुका… विस्तृत समाचार

बैंककमा नेपाल महोत्सव हुने

काठमाडौं १० चैत  । थाइल्याण्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको आयोजनामा आगामी वैशाख ९ देखि १३ गतेसम्म बैंककको सेन्ट्रल वल्र्डमा नेपाल महोत्सव हुने भएको छ । महोत्सवका अवसरमा नेपाल–थाइल्याण्डबीचको पर्यटन र वाणिज्य साझेदारी बढाउने, नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई संसारमा चिनाउने तथा विनासकारी ‘गोरखा भूकम्प’मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्ज्वलन गरिने सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले बताए । भूकम्पपछि थाइल्याण्डले… विस्तृत समाचार